default_image

4 years ago

October 18, 2021

इंग्ल्यान्डमाथि भारतको सानदार जित

216 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुल र ईशान किशनको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । भारतका युवा ओपनर ईशान किशन ४६ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनमा रिटायर्ट हर्ट भए । लोकेश राहुल २४ बलमा ६ चौका र ३ छक्का सहित ५१ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर लोकेश राहुल र ईशान किशनले पहिलो विकेटका लागि ८.२ ओभरमा ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मार्क वुडको बलमा मोईन अलीबाट राहुल समातिन पुगेका थिए । कप्तान विराट कोहलीलाई लियाम लिभिङस्टोनले १३ औं ओभरको चौथो बलमा आदिल राशिदबाट ११ रनमा क्याच गराए । सूर्यकुमार यादवलाई डेविड विल्लीले ८ रनमा जस बटलरबाट क्याच गराए ।

हार्दिक पान्ड्या १० बलमा २ चौका सहित १२ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्त १४ बलमा १ चौका र ३ छक्का सहित २९ रनमा अविजित रहे । इंग्ल्यान्डका मार्क वुड, डेविड विल्ली र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । मोईन अली २० बलमा ४ चौका र २ छक्का सहित ४३ रनमा अविजित रहे ।

इंग्ल्यान्डलाई ओपनर जेसन रोय र जोनी बेयरस्टोले ३.४ ओभरमा ३६ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले बटलरलाई १८ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । कप्तान बटलरले १३ बलमा ३ चौका प्रहार गरे । शामीको छैटौं ओभरको तेस्रो बलमा रोय १७ रनमा जस्प्रित बुमराहबाट समातिन पुगे ।

डेविड मलान १८ बलमा ३ चौका सहित १८ रनमा बोल्ड आउट भए । मलान स्पिनर राहुल चाहरको बलमा बोल्ड हुन पुगेका थिए । शामीले १५ औं ओभरको पाँचौं बलमा लियाम लिभिङस्टोनलाई ३० रनमा बोल्ड आउट गरे । लिभिङस्टोनले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । भारतका मोहम्मद शामीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराह र राहुल चाहरले १–१ विकेट लिए ।

दुबै टोलीले टि२० विश्वकप अघि तयारीको लागि वार्मअप खेल खेलेका हुन् । भारतले दोस्रो वार्मअप खेलमा बुधबार अष्ट्रेलियासँग खेल्नेछ । बुधबारनै इंग्ल्यान्डले वार्मअप खेलमा न्युजिल्यान्डसँग खेल्नेछ । भारत सुपर १२ को समूह बी र इंग्ल्यान्ड समूह ए मा छन् । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग खेल्नेछ । इंग्ल्यान्डले शनिवार वेस्टइन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.