default_image

4 years ago

October 19, 2021

टि२० विश्वकपमा नभएका पाँच स्टार खेलाडी

188 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप टि२० शैलीको सबैभन्दा ठूलो प्रतियोगिता हो । सर्वाधिक मनोरञ्जन क्रिकेटमा टि२० शैलीमा बढी हुने गर्दछ । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । थोरैको पूरा हुँदा धेरैको अधुरै रहन्छ । केहि खेलाडीको प्रदर्शनको कारण टोलीमा प्रर्दैनन् । कुनै खेलाडी टिम रणनीतिको कारण राम्रो प्रदर्शनका बाबजुद टोली बाहिर हुनुपर्ने हुन्छ ।

विश्वकपमा स्टार खेलाडीको भेट हुनेगर्दछ । हरेक खेलाडी आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीको जित र उपाधि जिताउन चाहन्छन् । तर विश्वकपमा सबै स्टार खेलाडीले खेल्न पाउछन् भन्ने हुँदैन । आइतबार देखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा टि२० विश्वकप सुरु भएको छ । तर टि२० विश्वकप २०२१ मा थुप्रै स्टार खेलाडीहरु छैनन् । जस मध्यका वर्तमान समयका विश्वकपमा नभएका पाँच स्टार खेलाडी यस प्रकार छन् ।

५. शिखर धवन (भारत)

शिखर धवन वर्तमान समयका रोहित शर्मापछि भारतका सर्वाधिक अनुवभी ओपनर हुन् । तर धवन भारतले विश्वकप टोलीमा पर्न सकेनन् । ६८ टि२० आई खेल खेलेका धवनले ११ अर्धशतक सहित १ हजार ७ सय ५९ रन बनाएका छन् । भारतीय टि२० आईमा विराट कोहली र रोहित शर्मापछि सर्वाधिक धेरै रन बनाउने खेलाडीमा पर्छन् ।

गतवर्ष आइपिएलमा दिल्ली क्यापिटल्सबाट धवनले लगातार दुई शतक प्रहार गरेका थिए । यस सिजनको आइपिएलमा धवन १६ खेलमा ३ अर्धशतक सहित ५ सय ८७ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा थिए । धवन कमजोर स्ट्राइकरेट अर्थात सुस्त खेल्ने शैलीको कारण टोलीमा नपरेका हुन् । धवन सुरुवाती समय लिएर खेल्ने गर्दछन् । तर टि२० खेलमा आक्रमक ब्याटरको आवश्यक पर्दछ । भारतसँग रोहित शर्मा, लोकेश राहुल र ईशान किशन जस्ता आक्रामक ओपनर हुँदा उनी बाहिर हुनु परेको हो ।

४.युजभेन्द्र चहल (भारत)


भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल टि२० बलर युजभेन्द्र चहल विश्वकप टोलीमा छैनन् । भारतले सबैलाई आश्चर्य पार्दै चहललाई टोली बाहिर राखेको छ । टि२० क्रिकेटमा चहल भारतका सर्वाधिक सफल बलर हुन् । चहलले ४९ टि२० आईमा ६३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ६–२५ छ ।

चहलले आफ्नो गुगली र लेगस्पिनमा विपक्ष्य टोलीको मध्यक्रम धरासय बनाउँदै आएका थिए । वर्तमान समयका चहल एक उत्कृष्ट लेग स्पिनरमा पर्दछन् । भारतले स्पिनरको रुपमा राहुल चाहर, रविचन्द्रन आश्विन र बरुणचक्रवर्तीलाई राखेका छ । राुहल लेगस्पिनर हुन् । चहलको भन्दा राहुलको बलमा बढी पेश (गति) हुँदा बाहिर राखिएको बुझिएको छ ।

३. फाफ डु प्लेसिस (दक्षिण अफ्रिका)

फाफ डु प्लेसिस दक्षिण अफ्रिकाबाट टि२० आईमा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी हुन् । फाफ डु प्लेसिसले ५० टि२० आई खेलमा १ शतक र १० अर्धशतक सहित १ हजार ५ सय २८ रन बनाएका छन् । २०१६ को टि२० विश्वकपमा दक्षिण अफ्रिका कप्तानी डु प्लेसिसलेनै गरेका थिए ।
पछिल्लो समय डु प्लेसिसल उच्च लयमा छन् ।

इन्डियन प्रिमियर लिग (आइपिाएल) चेन्नईलाई जिताउन डु प्लेसिस नायक बनेका थिए । उनले यस सिजनको आइपिएलमा १६ खेलमा ६ अर्धशतक सहित ६ सय ३३ रन बनाउँदै दोस्रो स्थानमा रहेका थिए । अघिल्लो महिना सम्पन्न क्यारेवियन प्रिमियर लिगमा ९ खेलमा १ शतक सहित २ सय ७७ रन बनाएका थिए । राम्रो लयमा भएपनि दक्षिण अफ्रिका क्रिकेट बोर्डसँगको तितो सम्बन्धको कारण उनी टोलीमा नपरेका हुन् । अर्कोतर्फ दक्षिण अफ्रिकाले भविष्यलाई ख्याल गर्दै उनको स्थानमा युवा खेलाडीलाई मौका दिएको पनि हुनसक्छ । उनी उमेरले ३७ वर्ष पुगि सकेका छन् ।

२.जोफ्रा आर्चर (इंग्ल्यान्ड)

वर्तमान समयका तीव्र गतिका बलर जोफ्रा आर्चर चोटका कारण यस पटकको विश्वकप टोलीमा छैनन् । आर्चर बाउन्सरको लागि चर्चित बलर हुन् । उनको बलिङमा गती पनि त्यतिनै छ । सटिक योर्करको क्षमता राख्छन् । २०१९ मा इंग्ल्यान्डलाई एकदिवसिय विश्वकप जिताउन सर्वोत्कृष्ट प्रदर्शन गरेका आर्चर २०२१ मा कुनैपनि खेल खेल्ने छैनन् ।

आर्चर दायाँ हातको कुँइनोमा चोटका कारण यो वर्षभरी मैदान बाहिर रहनेछन् । आर्चर नहुँदा इंग्ल्यान्डको डेथ ओभर बलिङ भने कमजोर बनेको छ । आर्चर तल्लोक्रममा ठूला सटको क्षमता राख्ने पनि गर्दछन् । विशेष गरी उनको गती र बाउन्सर विश्वकपमा इंग्ल्यान्डलाई मिस हुने देखिन्छ ।

१. बेन स्टोक्स (इंग्ल्यान्ड)

यस विश्वकपमा नभएका सर्वाधिक ठूला नाम र स्टार खेलाडी इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स हुन् । स्टोक्स वर्तमान समयका विश्वकै सर्वोत्कृष्ट अलराउन्डर हुन् । स्टोक्स ब्याटिङ र बलिङ दुबैमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै एक्लै खेल जिताउन सक्ने खेलाडी हुन् ।
इंग्ल्यान्डलाई एदिवसिय विश्वकप उपाधि दिलाउन स्टोक्स सुपर हिरो बनेका थिए । तर स्टोक्सले गत साउनमा मानसिक तनावको कारण अनिश्चित समय सम्मको लागि सबै खाले क्रिकेट शैलीबाट विश्राम लिएका छन् । जसको कारण स्टोक्स इंग्ल्यान्डको टोलीमा छैनन् । सुपर स्टार अलराउन्डर स्टोक्स टोलीमा नहुँदा इंग्ल्यान्डलाई ठूलो घाटा पुग्ने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.