4 years ago
October 19, 2021
एजेन्सी – स्कटल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । पहिलो चरणको समूह बी को स्कटल्यान्डले मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै सुपर १२ को सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । पपुवा न्युगिनीका नर्मन भानुवाले ३७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । सेसे बाउले २३ बलमा १ चौका र १ छक्का छक्का सहित २४ रनमा आउट भए । असाद भाला १८, किप्लिङ डोरिया १८ र चन्द सोपारले १६ रनको योगदान दिए ।
स्कटल्यान्डका जोश डेभीले ३.३ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्रिस ग्रीभ्स, मार्क वाट् अलास्डेयर इभान्स र ब्राडली व्हीलले १–१ विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले ४९ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनको इनिङ खेले । विकेटकिपर म्याथ्यु क्रसले ३६ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । जर्ज मुन्शे १५, कलुम म्याकलड १० र कप्तान काइल कोट्जर ६ रनमा आउट भए ।
पपुवा न्युगिनीका काबुआ मोरेआले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । चन्द सोपारले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । स्कटल्यान्डले पहिलो खेलमा बंगलादेशलाई ६ रनले पराजित गरेको छ ।
समूह बी मा स्कटल्यान्ड ४ अंकका साथ शीर्षस्थानमा छ । ओमान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । अन्तिम खेलमा स्कटल्यान्डले बिहीबार ओमानसँग खेल्नेछ । आजनै अर्को खेलमा बंगलादेशले ओमानलाई पराजित गरे एक खेल अगावै स्कटल्यान्ड सुपर १२ मा पुग्नेछ । यता पपुवा न्युगिनीको भने अघिल्लो चरण लगभग समाप्त भएको छ । अन्तिम खेलमा पपुवा न्युगिनीले बिहीबार बंगलादेशसँग खेल्नेछ ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]