default_image

4 years ago

October 19, 2021

सकिब र मुश्ताफिजुरको उत्कृष्ट प्रदर्शनमा बंगलादेश विजयी

234 views

0 Bookmark

एजेन्सी – स्पिनर सकिब अल हसन र तीव्र गतिका बलर मुश्ताफिजुर रहमानको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले आइसिसी टि२० विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गरेको छ । समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो । ओमानका ओपनर जतिन्दर सिंहले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजापतीले १८ बलमा १ चौका र २ छक्का सहित २१ रन बनाए ।

एक समय ओमानले राम्रो सुरुवात गर्नेक्रममा ११ ओभरमा ८०–२ को अवस्थामा रहँदै बंगलादेशलाई दबाबमा राखेको थियो । त्यसपछिका ब्याटर चल्न नसक्दा ओमान एक खेल अगावै सुपर १२ मा पुग्ने अवसर गुमाएको छ । जिशान मकसुद १२, अयान खान ९, कलिमुल्लाह ५, सन्दीप गौड र नसिम खुशी ४–४ रनमा आउट भए । मोहम्मद नदीम १२ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे ।


बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । स्पिनर सकिब अल हसनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सैफद्दीन र माहेदी हसनले १-१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले ५० बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसनले २९ बलमा ६ चौका सहित ४२ रनमा रन आउट भए ।

कमजोर सुरुवात गरेको बंगलादेशलाई नईम र सकिबले तेस्रो विकेटका लागि १ सय रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । सकिब रन आउट भएसँगै बंगलादेशले लगातार विकेट गुमाएको थियो । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान मोहमुदूल्लाह रियाद १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा आउट भए । लिटन दास ६, माहेदी हसन शून्य, नुरुल हसन ३ र मुश्फिकुर रहिम ६ रनमा आउट भए ।


ओमानका तीव्र गतिका बलर बिलाल खानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अर्का तीव्र गतिका बलर फैज बुटले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाहले २ र जिशान मकसुदको नाममा १ विकेट रह्यो ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।


बंगलादेशले बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ । बंगलादेशले उक्त खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । पराजित भएमा स्वत बाहिरिने छ । बंगलादेश फराकिलो जितले मात्र सुपर १२ मा पुग्ने छैन । अन्य टोलीको नतिजामा पनि भर पनुपर्ने हुन्छ । स्कटल्यान्डले बिहीबारनै ओमानसँग खेल्नेछ । स्कटल्यान्ड विजयी भएमा शीर्ष स्थानमा रहँदै सुपर १२ को समूह बीमा स्थान बनाउने छ । स्कटल्यान्ड विजयी भएमा र बंगलादेश अन्तिम खेलमा जितका साथ सुपर १२ मा सोझैं पुग्नेछ । ओमान विजयी भएमा नेटरनरेटको आधारमा सुपर १२ मा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स र नामिबिया अंक बिहिन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.