4 years ago
October 20, 2021
एजेन्सी – अर्जेन्टिना र ब्राजिल विश्व फुटबलका शक्तिशाली र लोकप्रिय देश हुन् । तर क्रिकेटमा यी दुई देशको स्तर निकै कमजोर छ । यसैक्रममा आइसिसी वुमन्स टि२० विश्वकप अमेरिका क्षेत्र छनोटमा मंगलबार ब्राजिलले अर्जेन्टिनालाई ८ विकेटले पराजित गरेको छ ।

मेक्सिको रेफोर्मा एथ्लेटिक्स क्लबमा टस हारेर ब्याटिङ थालेको अर्जेन्टिना महिला क्रिकेट टोली ११.२ ओभरमा १२ रनमा अल आउट भएको थियो । अर्जेन्टिना पाँच खेलाडीले खाता खोल्न सकेनन् । अर्जेन्टिना ओपनर तथा कप्तान भेरोनिका भास्क्वेज, कटालिना ग्रेलोनी र तमरा बेसिलले २–२ रन बनाए । कुल १२ रन मध्य ३ रन अतिरिक्त पाएको पाएको थियो ।
ब्राजिलका रेनाटा डी सूसा र लारा मोइसेसले २–२ विकेट लिए । १३ रनको सामान्य विजयी लक्ष्य ब्राजिलले ३.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरे । लौरा अगाथा ४ र लौरा कार्डोसो २ रनमा अविजित रहिन् । अर्जेन्टिना तमरा बेसिलले १.३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । ब्राजिलले ७ रन अतिरिक्त पाएको थियो ।
पहिलो खेलमा अर्जेन्टिना क्यानडासँग ७२ रनले पराजित भएको थियो । अर्जेन्टिनाले बिहीबार अमेरिकासँग खेल्नेछ । ब्राजिल पहिलो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । ब्राजिलले शुक्रबार क्यानडासँग खेल्नेछ । चार टोली सहभागी यस प्रतियोगितामा अमेरिका २ खेलमा २ मा जितका साथ शीर्षस्थानमा छ । क्यानडा २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । ब्राजिल २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो र अर्जेन्टिना अंक बिहीन हुँदै पुछारमा छ ।
महिला टि२० आईमा सबैभन्दा कम योगफल ६ रन छ । माल्दिभ्स २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पोखरामा बंगलादेशविरुद्ध १२.१ ओभरमा ६ रनमा अल आउट भएको थियो । २०१९ मै मालीको टोली रुवान्डासँग ६ रनमै अल आउट गरेको थियो । १३ औं सागमा नेपालले माल्दिभ्सलाई ८ रनमा अल आउट गरेको थियो ।
अमेरिका क्षेत्र छनोटबाट एक टोली २०२२ मा हुने टि२० महिला ग्लोबल छनोटमा स्थान बनाउनेछ । पाँच क्षेत्रबाट ग्लोबल छनोटमा एक एक टोली पुग्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोली २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टि२० विश्वकपमा स्थान बनाउनेछन् । नेपाली महिला टोलीले पनि एसिया छनोट खेल्दैछ । आगमी नोभेम्बर २२ देखि २८ सम्म नेपाल, भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युएईबीच प्रतिस्पर्धा हुनेछ । मलेसियामा हुने प्रतियोगितामा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]