default_image

4 years ago

October 20, 2021

टि२० विश्वकपमा वेस्टइन्डिजलाई ठूलो झड्का

149 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको दाबेदार तथा साविक विजेता वेस्टइन्डिजलाई ठूलो झड्का लागेको छ । वेस्टइन्डिजका स्टार स्पिन अलराउन्डर फबिएन एलेन चोटका कारण टि२० विश्वकप गुमाउने भएका छन् । एलेन बाहिरिदा टोली रणनीतिमा ठूलो असर पुग्नसक्छ ।

एंकलमा चोटका कारण एलेनले टि२० विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा वैकल्पिक खेलाडी स्पिनर अकिल हुसैनले मौका पाएका छन् । एलेन टि२० आई वरियतामा १६ र अलराउन्डरमा १७ औं वरियतामा छन् । एलेनले १७ ओडिआई र २८ टि२० आई खेलेका छन् । टि२० आईमा २ सय ५० रन बनाउनुको साथैं २० विकेट लिएका छन् ।

एलेन तल्लोक्रममा विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । एलेन वेस्टइन्डिजका एक उत्कृष्ट फिल्डिर हुन् । उनी टोलीमा हुँदा ब्याटिङमा गहिराई छ । उनको स्थानमा आएका अकिल हुसैनले ९ ओडिआई र ६ टि२० आई खेल खेलेका छन् । अकिल फिल्डिङ पनि राम्रो गर्ने गर्दछन् ।
साविक विजेता वेस्टइन्डिज सुपर १२ को समूह ए मा छ ।

वेस्टइन्डिज, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । आक्रामक ब्याटिङको बाहुल्यता भएको वेस्टइन्डिजलाई उपाधिको दाबेदारको रुपमा समेत हेरिएको छ । वेस्टइन्डिजले शनिबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । वेस्टइन्डिजले २०१२ र २०१६ को टि२० विश्वकप उपाधि जितेको थियो ।

वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), अकिल हुसैन, ड्बेन ब्राभो, रोश्टन चेश, आन्द्रे फ्लेचर, क्रिस गेल, शिम्रन हेटमायर, इभिन लेविस, ओबेद म्याककोय, रवि रामपाउल, आन्द्रे रसेल, लेन्डन सिमन्स, ओशान थोमस र हेडन वाल्श जुनियर ।

भ्रमण बैकल्पिक खेलाडी : ड्यारेन ब्राभो, शेल्डन कटरेल र जेसन होल्डर ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स र नामिबिया अंक बिहिन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.