default_image

4 years ago

October 20, 2021

बटलरको अर्धशतकमा न्युजिल्यान्डलाई इंग्ल्यान्डको मध्यम लक्ष्य

134 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको अर्धशतकमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।

इंग्ल्यान्डका जस बटलरले ५१ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । जोनी बेयरस्टो २१ बलमा २ चौका र २ छक्का सहित ३० रनमा आउट भए । साम बिलिंग्स १७ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे ।

पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर टिम साउथीले ओपनर जेसन रोयलाई शून्यमा बोल्ड आउट गरेका थिए । सातौं ओभरको चौथो बलमा स्पिनर ईश सोधीले डेविड मलानलाई ११ रनमा एलबीडब्लू आउट गरे । सोधीलेनै कप्तान ओईन मोर्गनलाई १० रनमा एलबीडब्लू आउट गरेका थिए ।

बटलर सोधीको १४ औं ओभरको पाँचौं बलमा काइल जेमिसनबाट समातिन पुगे । ग्लेन फिलिप्सले लियाम लिभिङस्टोनलाई १ रनमा बोल्ड आउट गरे । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । टिम साउथी, लोकी फर्गुसन र ग्लेन फिलिप्सको नाममा १–१ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.