4 years ago
October 20, 2021
एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा भारतलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो ।

अष्ट्रेलिया स्टिभ स्मिथले ४८ बलमा ७ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए । मार्कस स्टोइनिस २५ बलमा ४ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे । ओपनर डेविड वार्नरको खराब लय रोकिन सकेन । स्पिनर रविचन्द्रन आश्विनको दोस्रो ओभरको पाँचौं बलमा वार्नर १ रनमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा मिचेल मार्श शून्यमा रोहित शर्माबाट क्याच आउट हुन पुगे ।
चौथो ओभरको पहिलो बलमा रविन्द्र जडेजाले कप्तान आरोन फिन्चलाई ८ रनमा एलबीडब्लू आउट गर्दा अष्ट्रेलिया ११–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले ६१ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । म्याक्सवेललाई राहुल चाहरले ३७ रनमा बोल्ड आउट गरे । म्याक्सवेलले २८ बलमा ५ चौका प्रहार गरे ।
पाँचौं विकेटका लागि स्मिथ र स्टोइनिसले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । म्याथ्यु वेड ४ रनमा अविजित रहे । भारतका स्पिनर रविचन्द्रन आश्विनले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]