default_image

4 years ago

October 20, 2021

टि२० विश्वकप : नेदरल्यान्ड्समाथि नामिबियाको सानदार जित

157 views

0 Bookmark

एजेन्सी – पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेको सानदार ब्याटिङसँगै नामिबियाले आइसिसी टि२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ए मा रहेको नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै सुपर १२ को सम्भावना कायमै राखेको छ । लगातार दोस्रो हारसँगै नेदरल्यान्ड्स भने समूह चरणबाटै बाहिरिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नामिबिया जितमा डेविड विसे ४० बलमा ४ चौका र ५ छक्का सहित सर्वाधिक ६६ रनमा अविजित रहे । जेजे स्मित ८ बलमा २ चौका सहित १४ रनमा अविजित रहे । कप्तान गेरहार्ड इरास्मस २२ बलमा ४ चौका र १ छक्का सहित ३२ रनमा आउट भए ।

ओपनर स्टेफन ब्राड १९, जेनी ग्रिन १५ र क्रेग विलियम्स ११ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन, कोलिन एक्रमन, पिटर सिलार र टिम भान डर गुग्टेनले १–१ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ५६ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ७० रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । कोलिन एक्रमन ३५ र स्कर्ट एडवाड्र्सले २१ रनको योगदान दिए । नामिबिया जन फ्रिलिंकले सर्वाधिक २ विकेट लिए । डेविड विसेको नाममा १ विकेट रह्यो ।


नेदरल्यान्ड्स पहिलो खेलमा आयरल्यान्ड्सँग ७ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । नामिबिया पहिलो खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । नामिबयाले आफ्नो अन्तिम खेलमा शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ । आजको खेलमा आयरल्यान्ड श्रीलंकासँग पराजित भएमा र अन्तिम खेलमा नामिबियाले जित निकालेको खण्डमा सुपर १२ मा पुग्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको १ खेलमा २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुबै खेलमा हारका साथ नेदरल्यान्ड्स बाहिरिएको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरि सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.