default_image

4 years ago

October 20, 2021

अष्ट्रेलियामाथि भारतको सहज जित

157 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको सहयोगमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । योसँगै टि२० विश्वकपको लागि दुबै टोलीको तयारी पूरा भएको छ ।

जितको लागि १ सय ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका रोहित शर्मा ४१ बलमा ५ चौका र ३ छक्का सहित ६० रनमा रिटायर्ट हर्ट भएका थिए । ओपनर लोकेश राहुल ३१ बलमा २ चौका र ३ छक्का सहित ३९ रनमा आउट भए ।

पहिलो विकेटका लागि राहुल र रोहितले ९.२ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सूर्यकुमार यादव २७ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । हार्दिक पान्ड्या १४ रनमा अविजित रहे । अष्ट्रेलिया एश्टन अगरले १ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले ४८ बलमा ७ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए । मार्कस स्टोइनिस २५ बलमा ४ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे ।

ओपनर डेविड वार्नरको खराब लय रोकिन सकेन । स्पिनर रविचन्द्रन आश्विनको दोस्रो ओभरको पाँचौं बलमा वार्नर १ रनमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा मिचेल मार्श शून्यमा रोहित शर्माबाट क्याच आउट हुन पुगे ।

चौथो ओभरको पहिलो बलमा रविन्द्र जडेजाले कप्तान आरोन फिन्चलाई ८ रनमा एलबीडब्लू आउट गर्दा अष्ट्रेलिया ११–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले ६१ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । म्याक्सवेललाई राहुल चाहरले ३७ रनमा बोल्ड आउट गरे । म्याक्सवेलले २८ बलमा ५ चौका प्रहार गरे ।

पाँचौं विकेटका लागि स्मिथ र स्टोइनिसले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । म्याथ्यु वेड ४ रनमा अविजित रहे । भारतका स्पिनर रविचन्द्रन आश्विनले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारत सुपर १२ को समूह बी र अष्ट्रेलिया समूह ए मा छन् । विश्वकपमा अष्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको १ खेलमा २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुबै खेलमा हारका साथ नेदरल्यान्ड्स बाहिरिएको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरि सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.