default_image

4 years ago

October 20, 2021

मार्क वुड र राशिदको उत्कृष्ट बलिङमा इंग्ल्यान्ड विजयी

231 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मार्क वुड र स्पिनर आदिल राशिदको उत्कृष्ट बलिङमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित भएको छ ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.२ ओभरमा १ सय ५० रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २० बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । ईश सोधी १६ बलमा १ चौका र २ छक्का सहित २५ रनमा अविजित रहे । डेभन कन्वे २०, टिम साउथी १० र टोड एश्टलले १६ रन बनाए ।

एक समय १४.३ ओभरमा १०३–९ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई अन्तिम विकेटका लागि सोधी र एश्टलले ४७ रनको साझेदारी गरेका थिए । एक समय न्युजिल्यान्ड ८.४ ओभरमा ८०–२ को बलियो अवस्थामा थियो । तर बाँकी २३ रन जोड्न ७ विकेट गुमाएपछि दयनिय अवस्थामा पुगेको थियो । न्युजिल्यान्डका टिम सिफर्ट ८, ग्लेन फिलिप्स ७, मार्क च्याम्पन १ र ड्याल मिलेच २ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका जस बटलरले ५१ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । जोनी बेयरस्टो २१ बलमा २ चौका र २ छक्का सहित ३० रनमा आउट भए । साम बिलिंग्स १७ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे ।

पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर टिम साउथीले ओपनर जेसन रोयलाई शून्यमा बोल्ड आउट गरेका थिए । सातौं ओभरको चौथो बलमा स्पिनर ईश सोधीले डेविड मलानलाई ११ रनमा एलबीडब्लू आउट गरे । सोधीलेनै कप्तान ओईन मोर्गनलाई १० रनमा एलबीडब्लू आउट गरेका थिए ।

बटलर सोधीको १४ औं ओभरको पाँचौं बलमा काइल जेमिसनबाट समातिन पुगे । ग्लेन फिलिप्सले लियाम लिभिङस्टोनलाई १ रनमा बोल्ड आउट गरे । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । टिम साउथी, लोकी फर्गुसन र ग्लेन फिलिप्सको नाममा १–१ विकेट रह्यो ।

इंग्ल्यान्ड सुपर १२ को समूह ए र न्युजिल्यान्ड समूह बी मा छन् । इंग्ल्यान्डले पहिले खेलमा शनिबार वेस्टइन्डिजसँग खेल्नेछ । न्युजिल्यान्डले मंगलबार पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको १ खेलमा २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुबै खेलमा हारका साथ नेदरल्यान्ड्स बाहिरिएको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरि सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.