4 years ago
October 20, 2021
एजेन्सी – शीर्षक्रमका ब्याटर फखार जमानको आक्रामक ब्याटिङसँगै पाकिस्तानले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा दक्षिण अफ्रिकालाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ ।

आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । पाकिस्तानका फखार जमानले २८ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रनमा रिटायर्ट हर्ट आउट भएका थिए । आसिफ अली १८ बलमा २ चौका र २ छक्का सहित ३२ रनमा बोल्ड आउट भए ।
तीव्र गतिका बलर कागिसो रबाडाले चौथो ओभरको पाँचौं बलमा ओपनर तथा कप्तान बाबर आजमलाई १५ रनमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर मोहम्मद रिजवान एनरिच नोर्कियाको छैटौं ओभरको चौथो बलमा केशव महाराजबाट १९ रनमा क्याच आउट भए । रिजवानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । मोहम्मद हफिज १४ बलमा १ छक्का सहित १३ रनमा क्याच आउट भए ।
अनुभवी ब्याटर शोएब मलिक २० बलमा १ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । हसन अली ११ र शादब खान ४ रनमा अविजित रहे । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्किया र केशव महाराजले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]