default_image

4 years ago

October 21, 2021

डुसेनको शतकमा दक्षिण अफ्रिकाको सानदार जित

207 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको शतकमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपअघि वार्मअप खेलमा पाकिस्तानमाथि ६ विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा रास्सी भान डर डुसेनले ५१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक १ सय १ रनको अविजित शतकीय इनिङ खेले । उनले अन्तिम ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो शतक र टोलीको जित पक्का गराएका थिए ।

दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ओभरमा १९ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर हसन अलीलाई पहिलो बलमै डुसेनले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा डेविड मिलरले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका जित नजिक पुगेको थियो । चौथो बलमा मिलरले एक रन लिए । डुसेनले पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गर्दै दक्षिण अफ्रिका जित पक्का गराए ।


दक्षिण अफ्रिका कप्तान टेम्भा बभुमाले ४२ बलमा २ चौका र २ छक्का सहित ४६ रनको योगदान दिए । ओपनर क्विन्टन डि कक ६, रिजा हेनड्रिक्स ७, हेनरिक क्लासेन १४ रनमा आउट हुँदा मिलर ८ रनमा अविजित रहे । पाकिस्तानका शाहिन शाह अफ्रिदी र इमाद वासिमले २–२ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । पाकिस्तानका फखार जमानले २८ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रनमा रिटायर्ट हर्ट आउट भएका थिए । आसिफ अली १८ बलमा २ चौका र २ छक्का सहित ३२ रनमा बोल्ड आउट भए ।

तीव्र गतिका बलर कागिसो रबाडाले चौथो ओभरको पाँचौं बलमा ओपनर तथा कप्तान बाबर आजमलाई १५ रनमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर मोहम्मद रिजवान एनरिच नोर्कियाको छैटौं ओभरको चौथो बलमा केशव महाराजबाट १९ रनमा क्याच आउट भए । रिजवानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । मोहम्मद हफिज १४ बलमा १ छक्का सहित १३ रनमा क्याच आउट भए ।

अनुभवी ब्याटर शोएब मलिक २० बलमा १ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । हसन अली ११ र शादब खान ४ रनमा अविजित रहे । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्किया र केशव महाराजले १–१ विकेट लिए ।

पाकिस्तान सुपर १२ को समूह बी र दक्षिण अफ्रिका समूह ए मा छन् । दक्षिण अफ्रिकाले शनिबार अष्ट्रेलियासँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । पाकिस्तानले आइतबार पहिलो खेल भारतसँग खेल्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । आयरल्यान्डको २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुबै खेलमा हारका साथ नेदरल्यान्ड्स बाहिरिएको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरि सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.