default_image

4 years ago

October 21, 2021

अफगानिस्तानले वेस्टइन्डिजलाई हरायो

200 views

0 Bookmark

एजेन्सी – कप्तान मोहम्मद नाबीको घातक बलिङसँगै अफगानिस्तानले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा साविक विजेता वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो ।

वेस्टइन्डिजका रोश्टन चेशले ५८ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५४ रन बनाए । विकेटकिपर निकोलस पुरनले २६ बलमा ४ चौका र १ छक्का सहित ३५ रन बनाए । अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । नाबीले ओपनर इविन लेविसलाई ३ रनमा बोल्ड आउट गरे । अर्का ओपनर लेन्डन सिमन्सलाई शून्यमा क्याच आउट गराएका थिए । नाबीले शिम्रन हेटमायरलाई २ रनमा कट एण्ड बोल्ड आउट गरेपछि वेस्टइन्डिजले खराब सुरुवात गरेको थियो ।

आन्द्रे रसेल १६ बलमा १ चौका सहित ११ रनमा आउट भए । वेस्टइन्डिजले खेलमा २५ रन एक्स्ट्रा पाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले ४ ओभरमा २ मेडन सहित २ रन खर्चेर प्रमुख ३ विकेट लिए । नविन उल हक र करिम जन्नतले १–१ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर हज्रातुल्लाह जजाईले ३५ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । अर्का ओपनर तथा मोहम्मद शाहजादले ३५ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको योगदान दिए । रहमानउल्लाह गुरबाज ३३ र नाजिबुल्लाह ज्रदान २३ रन बनाए ।

वेस्टइन्डिजका आवेद म्याककोयले सर्वाधिक २ विकेट लिए । रवि रामपाउल, आन्द्रे रसेल र हेडन वाल्श जुनियरले १–१ विकेट लिए । सुपर १२ को समूह बीमा रहेको अफगानिस्तानले पहिलो खेल मंगलबार पहिलो चरणको समूह विजेतासँग खेल्नेछ । सुपर १२ को समूह ए मा रहेको वेस्टइन्डिजले शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । समान २ खेलमा २ अंकका साथ आयरल्यान्ड दोस्रो र नमिबिया तेस्रो स्थानमा छन् । आयरल्यान्ड र नामिबियाबीच शुक्रबार खेल हुनेछ । विजेता टोली सुपर १२ मा पुग्नेछन् । नेदरल्यान्ड्स दुबै खेलमा हारका साथ बाहिरि सकेको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ बाहिरी सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.