4 years ago
October 21, 2021
एजेन्सी – बंगलादेशले पपुवा न्युगिनीमाथि विशाल जित निकाल्दै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गरेको छ । समूह बी मा रहेको बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनमा अविजित रहे । किप्लिङ बाहेक अन्य पपुपा न्युगिनीका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । पपुवा न्युगिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर लेगा सिका ५, असाद भाला ६, चाल्र्स अमिनी १, सेसे बाउ ७, हरि हरि ८, सिमन अट्ली र नर्मन भानुवाले खाता खोल्न सकेनन् । चन्द सोपर ११ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले ४ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मोहम्मद सैफुद्दिन र तस्किन अहमदको नाममा २–२ विकेट रह्यो ।
त्यसअघि अलअमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । बंगदलादेशका कप्तान महमुदूल्लाह रियादले २८ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । सकिब अल हसनले ३७ बलमा ३ छक्का सहित ४६ रन बनाए । ओपनर लिटन दास २९, मुश्फिकुर रहिम ५ र अफिफ हुसैन २१ रनमा आउट भए । मोहम्मद सैफुद्दिन ६ बलमा १ चौका र २ छक्का सहित १९ रनमा अविजित रहे । पपुवा न्युगिनीका काबुआ मोरेआ, दामेन राभू र असाद भालाले २–२ विकेट लिए ।
बंगलादेश पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई २६ रनले पराजित गरेको थियो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड दुई खेलमा दुईमानै जितका साथ दोस्रोस्थानमा छ । केहि समय पछि सूमह बी को अन्तिम खेलमा स्कटल्यान्डले ओमानसँग खेल खेल्दैछ । यस खेलमा स्कटल्यान्ड विजयी भएमा समूह विजेता बन्नेछ । स्कटल्यान्ड पराजित भएमा ओमानको नेटरनरेटको आधारमा समूह विजेता र उपविजेता निर्धारण हुनेछ ।
ओमानको नेटरनरेट प्लस ०.६१३ हुँदा बंगलादेशको प्लस १.७३३ छ । स्कटल्यान्ड पराजित भएमा बंगलादेश समूह विजेता बन्ने निश्चित जस्तै देखिन्छ । समूह बी को विजेता सुपर १२ को समूह बीमा हुनेछ । समूह उपविजेता अर्थात दोस्रो हुने टोली सुपर १२ को समूह ए मा रहनेछ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ तेस्रो स्थानमा छ । पहिलो पटक टि२० विश्वकप खेलेको पपुवा न्युगिनी तीन खेलमानै हारका साथ अंक बहीन हुँदै पुछारमा रहेर बाहिरियो ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । समान २ खेलमा २ अंकका साथ आयरल्यान्ड दोस्रो र नमिबिया तेस्रो स्थानमा छन् । आयरल्यान्ड र नामिबियाबीच शुक्रबार खेल हुनेछ । विजेता टोली सुपर १२ मा पुग्नेछन् । नेदरल्यान्ड्स दुबै खेलमा हारका साथ बाहिरि सकेको छ ।
पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]