4 years ago
October 21, 2021
एजेन्सी – स्कटल्यान्डले टेस्ट टोली बंगलादेशलाई पछि आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो चरणको समूह बी को विजेता रुपमा सुपर १२ मा पुगेको छ । समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा स्थान पक्का गराएको छ ।

पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड विजेता र बंगलादेश उपविजेता रहँदै सुपर १२ मा स्थान बनाएका छन् । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
स्कटल्यान्डको जितमा कप्तान काइल कोट्जर २८ बलमा २ चौका र ३ छक्का सहित ४१ रनकोे योगदान दिए । म्याथ्यु क्रस ३५ बलमा २६ रनमा अविजित रहे । रिची बेरिंगटन २१ बलमा १ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १९ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए । ओमानका फैज बट र खवर अलीले १–१ विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भयो । ओमानका ओपनर अकिब इलायसले ३५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन बनाए । जिशान मकसुदले ३० बलमा ३ चौका र १ छक्का सहित ३४ रन जोडे । मोहम्मद नदीम २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाली मुलका विकेटकिपर सुरज कुमार ४ रनमा आउट भए । स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । सफ्यान शरिफ र माइकल लस्कीले २–२ विकेट लिए ।
पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड ३ खेलमा ३ मानै जितका साथ अपराजित रहँदै शीर्षस्थानमा रहँदै सुपर १२ को समूह बीमा स्थान पक्का गराएको हो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह ए मा स्थान बनाएको छ । स्कटल्यान्डले सुपर १२ मा पहिलो खेल सोमबार अफगानिस्तानसँग खेल्नेछ । बंगलादेशले आइतबार समूह ए को विजेतासँग खेल्नेछ ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता बंगलादेश रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता रहनेछन् ।
ओमान ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरियो । पहिलो पटक टि२० विश्वकप खेलेको पपुवा न्युगिनी अंक बिहिन हुँदै पुछारमा रहेर बाहिरियो ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । समान २ खेलमा २ अंकका साथ आयरल्यान्ड दोस्रो र नमिबिया तेस्रो स्थानमा छन् । आयरल्यान्ड र नामिबियाबीच शुक्रबार खेल हुनेछ । विजेता टोली सुपर १२ मा पुग्नेछन् । नेदरल्यान्ड्स दुबै खेलमा हारका साथ बाहिरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]