default_image

4 years ago

October 22, 2021

आयरल्यान्डलाई हराउँदै नामिबिया टि२० विश्वकपको सुपर १२ मा

191 views

0 Bookmark

एजेन्सी – नामिबियाले टेस्ट टोली आयरल्यान्डलाई ८ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गराएको छ । डेब्यू टि२० विश्वकप खेलेको नामिबियाले सानदार प्रदर्शनका साथ सुपर १२ मा स्थान पक्का गरेको हो ।


जितको लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नामिबिया जितमा कप्तान गेरहार्ड इरास्मस ४९ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे । डेविड विसे १४ बलमा १ चौका र २ छक्का सहित २८ रनमा अविजित रहे । ओपनर क्रेग विलियम्स १६ बलमा ३ चौका सहित १५ रनमा क्याच आउट भएका थिए । आयरल्यान्डका कर्टिस क्याम्फरले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले २४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ३८ रन बनाए । केभिन ओ ब्रायनले २४ बलमा २ चौका सहित २५ रन बनाए । आयरल्यान्डलाई ओपनर स्टर्लिङ र केभिन ओ ब्रायनले ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्टर्लिङ क्याच आउट भएसँगै आयरल्यान्डले एकपछि अर्को विकेट गुमाएपछि समस्तैमा समेटिएको थियो । कप्तान एन्डी बालबर्नी २८ बलमा २ चौका सहित २१ रन बनाए । ग्रेथ डेलानी ९, कर्टिस क्याम्फर ४, ह्यारी टेक्टर ८ र निल रक ५ रनमा आउट भए । नामिबिया जन फ्रिलिंकले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । डेविड विसेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

पहिलो चरणको समूह ए मा रहेको नामिबिया सुपर १२ को समूह बी मा रहनेछ । श्रीलंका २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ । श्रीलंकाले आज अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेलमा विजयी भएमा श्रीलंका ६ अंकका साथ शीर्षस्थानमा रहनेछ । पराजित भएमा पनि श्रीलंका शीर्षस्थानमै रहने समिकरण छ । श्रीलंका नेटरनरेट प्लस ३.१६५ छ । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया नेटरनरेट माइस ०.५२३ मा छ । जसले गर्दा श्रीलंका समूह विजेता र नामिबिया उपविजेता हुन औपचारिकता मात्र बाँकी छ ।

नामिबियाले सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.