default_image

4 years ago

October 22, 2021

टि२० विश्वकपमा नेदरल्यान्ड्स ४४ रनमा अल आउट

255 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत पहिलो चरणको समूह ए को अन्तिम खेलमा नेदरल्यान्ड्स श्रीलंकासँग ४४ रनमा अल आउट भएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको हो ।

नेदरल्यान्ड्सका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४ खेलाडीले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका कोलिन एक्रमनले ९ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ११ रन बनाए । स्कट एडवाड्र्सले ८, म्याक्स ओडाउड २, बेन कुपर ९ र पिटार सिलार २ रनमा आउट भए ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर लाहिरु कुमाराले ३ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिए । महेश थेक्सनाले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराको नाममा १ विकेट रह्यो ।

टि२० विश्वकप इतिहासमा यो दोस्रो कम योगफल हो । यसअघि २०१४ को टि२० विश्वकपमा नेदरल्यान्ड्सनै श्रीलंकाविरुद्ध १०.३ ओभरमा ३९ रनमा अल आउट भएको थियो । विश्वकपमा सबैभन्दा कम योगफल बनाउने सूचिमा नेदरल्यान्ड्सपछि न्युजिल्यान्ड छ ।

न्युजिल्यान्ड २०१४ मानै श्रीलंकासँग १५.३ ओभरमा ६० रनमा अल आउट भएको थियो । टि२० आई इतिहासकै सबैभन्दा कम योगफल भने २१ रन छ । २०१९ मा टर्की चेक रिपब्लिकनसँग ८.३ ओभरमा २१ रनमा अल आउट भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.