default_image

4 years ago

October 22, 2021

टि२० विश्वकप : श्रीलंका समूह ए को विजेता

112 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै आइसिसी टि२० विश्वकप २०२१ मा समूह ए को विजेता बन्दै सुपर १२ मा पुगेको छ । श्रीलंका सुपर १२ को ए मा रहनेछ ।

जितको लागि ४५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका कुशल परेरा २४ बलमा ६ चौका सहित ३३ रनमा अविजित रहे । चारिथ असलंका ६ रन र पाथुम निसंका शून्यमा आउट भए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो । नेदरल्यान्ड्सका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका कोलिन एक्रमनले ९ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ११ रन बनाए । स्कट एडवाड्र्सले ८, म्याक्स ओडाउड २, बेन कुपर ९ र पिटार सिलार २ रनमा आउट भए ।


श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर लाहिरु कुमाराले ३ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिए । महेश थेक्सनाले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराको नाममा १ विकेट रह्यो ।

समूह ए बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गर्यो । आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । शनिबार सुपर १२ समूह ए का खेल हुनेछन् । शनिबार पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् । आइतबार सुपर १२ को समूह बी का खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.