default_image

4 years ago

October 23, 2021

विजयी सुरुवात गर्ने सोचमा अष्ट्रेलिया र दक्षिण अफ्रिका

142 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । अष्ट्रेलिया आरोन फिन्च र दक्षिण अफ्रिका टेम्बा बभुमाले कप्तानी गर्नेछन् । दुबै टोली विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् ।

हालसम्म टि२० विश्वकप जित्न नसकेका यी दुई टोलीलाई यस पटक सेमिफाइनल सम्म पुग्नै चुनौती देखिन्छ । अष्ट्रेलिया पछिल्लो समय प्रदर्शन पनि राम्रो छैन । विशेष गरि प्रमुख ब्याटरको खराब लय अष्ट्रेलियालाई चिन्ताको विषय बनेको छ । अष्ट्रेलियालाई यस विश्वकपमा ब्याटिङ मुख्य चिन्ताको विषय बनेको छ । वार्मअप खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो ।

ओपनर डेविड वार्नर खराब लयबाट गुज्रिएका छन् । उनको खराब लय अष्ट्रेलियालाई चिन्ता थपेको छ । वार्नर वार्मअप खेलमा भारतसँग १ र न्युजिल्यान्डसँग शून्यमा आउट भएका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा यस सिजनमा सनराइजर्स हैदराबादबाट खराब प्रदर्शन गरेका थिए । अष्ट्रेलिया प्रमुख ब्याटर वार्नर लयमा फर्किदै उच्च प्रदर्शन चाहन्छ । अर्का ओपनर तथा कप्तान आरोन फिन्चको प्रदर्शन राम्रो छैन ।

यी दुई ओपनरबाट अष्ट्रेलिया उत्कृष्ट प्रदर्शन चाहन्छ । अष्ट्रेलिया तेस्रो नम्बरमा मिचेल मार्श, चौथो नम्बरमा स्टिभ स्मिथ र पाँचौं नम्बरमा ग्लेन म्याक्सवेल रहनेछन् । म्याक्सवेल र मार्श उच्च लयमा छन् । मार्शको उच्च लय रोक्न दक्षिण अफ्रिकी बलरलाई कठिन पर्नसक्छ । म्याक्सवेल अष्ट्रेलिया प्रमुख हतियार हुन् । आक्रामक ब्याटिङका साथ म्याक्सवेलले जित सहज बनाउन सक्छन् । उनको उत्कृष्ट प्रदर्शन विना अष्ट्रेलियालाई जित निकाल्न कठिन पर्ने देखिन्छ ।

तल्लोक्रममा मार्कस स्टोइनिस हुनेछन् । स्टोइनिस पनि राम्रो ब्याटिङ गर्नेगर्दछन् । अलराउन्डर स्टोइनिसले राम्रो प्रदर्शन गर्दै आएका छन् । विकेटकिपरमा जोश इंगलिश र म्याथ्यु हेड मध्य एकले मौका पाउनेछन् । इंगलिशको सम्भावना बढी छ । स्पिनरमा एडम जाम्पा र एश्टन अगर हुनेछन् ।

अगर ब्याटिङको क्षमता राख्छन् । तीन तीव्र गतिका बलरमा मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुड रहनेछन् । स्टार्क तीव्र गति र योर्करका लागि माहिर खेलाडी हुन् । अर्कोतर्फ विश्वकपमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । हेजलवुडको पछिल्लो प्रदर्शन उच्च छ । यी तीन तीव्र गतिका बलरको कारण अष्ट्रेलिया बलिङ आक्रामण बलियो छ ।

यता दक्षिण अफ्रिकाले वार्मअप खेलमा अफगानिस्तानलाई ४१ रन र पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तानलाई हराउनेक्रममा दक्षिण अफ्रिकाले १ सय ८७ रनको विजयी लक्ष्य पूरा गरेको थियो । तेस्रो नम्बरका रास्सी भान डर डुसेनले १ सय १ रनको शतकीय इनिङ खेलेपछि दक्षिण अफ्रिकाले अन्तिम बलमा पूरा गरेको थियो । डुसेन दक्षिण अफ्रिका अनुभवी र प्रमुख ब्याटर हुन् । उनले दक्षिण अफ्रिकाबाट लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

ओपनिङ क्विन्टन डी कक र एडेन माक्ररमले गर्नेछन् । डि ककलाई राम्रो सुरुवात दिएपछि ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । माक्ररमको पछिल्लो लय उच्च छ । टेम्बा बभुमा, डेविड मिलर र हेनरिक क्लासेन मध्यक्रम सम्हाल्नेछन् । मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी अष्ट्रेलियालाई घातक बन्न सक्छन् ।

स्पिनर तबरेज शाम्सी दक्षिण अफ्रिका प्रमुख हतियार हुन् । टि२० आई वरीयता बलिङका शीर्षस्थानका बलर शाम्सीले दक्षिण अफ्रिकाबाट उच्च प्रदर्शन गर्दै आएका छन् । कागिसो रबाडा र एनरिच नोर्किया प्रमुख तीव्र गतिका बलिङ हतियार हुन् । रबाडा योर्करका लागि माहिर छन् । नोर्किया आफ्नो गतिमा विपक्षी ब्याटरलाई दबाबमा राख्दै आएका छन् । रबाडा र नोर्कियाले १ सय ५० प्रतिघण्टा किलोमिर तीव्र गतिमा बलिङ गर्नसक्छन् ।

यी दुई टोलीबीच प्रतिस्पर्धा रोचक हुनेछ । अष्ट्रेलियामा मिचेल स्टार्क हुँदा दक्षिण अफ्रिकामा कागिसो रबाडा छन् । ग्लेन म्याक्सवेल अष्ट्रेलियामा हुँदा दक्षिण अफ्रिकामा डेविड मिलर जस्ता आक्रामक ब्याटर छन् ।


हेड टु हेड :

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच कुल २१ टि२० आई खेल भएका छन् । अष्ट्रेलिया १३ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा अष्ट्रेलिया ३ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । अष्ट्रेलिया पहिला ब्याटिङ गर्दा ४ र लक्ष्य पछ्याउँदा ७ पटक विजयी भएको छ । टि२० विश्वकपमा एक पटक मात्र यी दुई देशबीच भेट भएको छ । सन् २०१२ को टि२० विश्वकपमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो ।

विश्वकपमा यी दुई टोलीको इतिहास

दक्षिण अफ्रिका टि२० विश्वकपमा सन् २००९ र २०१४ मा सेमिफाइनल सम्म पुगेको थियो । टि२० विश्वकपमा दक्षिण अफ्रिकाले कुल ३० खेल खेलेको छ । जसमा १८ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । अष्ट्रेलिया २०१० को टि२० विश्वकपमा फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।

२००७ र २०१२ मा सेमिफाइनलमा पुगेको थियो । अष्ट्रेलियाले विश्वकपमा कुल २९ खेल खेल्दा १६ खेलमा जित र १३ खेलमा पराजित भएको छ । पछिल्ला १० खेल मध्य दक्षिण अफ्रिकाले ८ खेलमा जित निकालेको छ । अष्ट्रेलिया पछिल्ला १० खेल मध्य ४ मा विजयी भएको छ । आजको दोस्रो खेलमा वेस्टइन्डिज र इंग्ल्यान्डबीच ७ : ४५ मा प्रतिस्पर्धा हुनेछ ।

दक्षिण अफ्रिका टोली : टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, ब्योर्जन फोच्र्युन, रिजा हेनड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, वुयान मुल्डर, लुन्गी एनगिडी, एनरिच नोर्किया, डवेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

अष्ट्रेलिया टोली : आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.