4 years ago
October 23, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए को दोस्रो खेलमा आज साविक विजेता वेस्टइन्डिज र उपविजेता इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । इंग्ल्यान्ड र वेस्टइन्डिज यस विश्वकपमा उपाधिका दावेदार टोली हुन् ।

यी दुवै टोली ब्याटिङमा मजबुत छन् । यस खेललाई ब्याटिङबीचको प्रतिस्पर्धा रुपमा समेत हेरिएको छ । साविक विजेता वेस्टइन्डिज इंग्ल्यान्डलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ । इंग्ल्यान्ड उक्त फाइनलको बदला लिने सोचमा छ । सन् २०१६ को टि२० विश्वकप फाइनलमा अन्तिम ओभरमा १९ रन चाहिँएको अवस्थामा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले वेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै उपाधि जिताएका थिए । यस पटक स्टोक्स र व्रेथवेट दुबै टोलीमा छैनन् । वेस्टइन्डिज २०१२ र २०१६ को टि२० विश्वकप च्याम्पियन हो । इंग्ल्यान्डले २०१० मा उपाधि जितेको थियो ।
इंग्ल्यान्डले टि२० विश्वकपमा वेस्टइन्डिजलाई हालसम्म हराउन सकेको छैन । टि२० विश्वकपमा पाँच पटक भेट हुँदा वेस्टइन्डिज सबै खेलमा विजयी भएको थियो । इंग्ल्यान्डको ओपनिङ जेसन रोय र जस बटलरले गर्नेछन् । बटलर पछिल्लो समय राम्रो लयमा छन् । न्युजिल्यान्डविरुद्ध बटलरले ७३ रनको इनिङ खेलेका थिए । विकेटकिपर बटलर चलेको खण्डमा वेस्टइन्डिजलाई रोक्न कठिन पर्नेछ ।

तेस्रो नम्बरम डेविड मलान, चौथो नम्बरमा ओईन मोर्गन र पाँचौं नम्बरमा लियाम लिभिङस्टोनको सम्भावना छ । छैटौंमा जोनी बेयरस्टो रहनेछन् । यी सबै ब्याटर आक्रमक ब्याटिङको लागि चर्चित छन् । बटलर र लिभिङस्टोन वेस्टइन्डिजलाई घातक बन्न सक्छन् । मोर्गनको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन । मोर्गनलाई उत्कृष्ट प्रदर्शनको दबाब छ ।
तल्लोक्रममा मोईन अली, मार्क वुड र डेविड विल्ली रहनेछन् । स्पिन अलराउन्डर अलीले पछिल्लो समय राम्रो लयमा छन् । इंग्ल्यान्डको डेथ ओभर बलिङ कमजोरीको रुपमा छ । प्रमुख तीव्र गतिका बलर जोफ्रा आर्चर चोटका कारण टोलीमा नहुँदा केहि कमजोर बनेको छ । इंग्ल्यान्डले तीव्र गतिका बलरको रुपमा मार्क वुड, डेविड विल्ली र क्रिस जोर्डन रहने सम्भावना छ । स्पिनरमा मोईन अली र आदिल राशिद रहनेछन् । डेथ ओभरमा क्रिस जोर्डनलाई पहिलो रोजाईमा खेलाउन सक्छ ।
यता वेस्टइन्डिजको ओपनिङ लेन्डन सिमन्स र इविन लेविस गर्नेछन् । क्रिस गेल, निकोलस पुरन, शिम्रन हेटमायर र काइरन पोलार्ड रहनेछन् । यी सबै ब्याटर आक्रामक ब्याटिङको क्षमता राख्छन् । आन्द्रे रसेल वेस्टइन्डिजका प्रमुख हतियार हुन् । ड्वेन ब्राभो पनि राम्रो लयमा छन् । वेस्टइन्डिजका ८ नम्बर सम्मका खेलाडी ब्याटिङको राम्रो क्षमता राख्छन् ।

स्पिनरमा हेडेन वाल्श जुनियर रहनेछन् । जुनियरले पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । प्रमुख तीव्र गतिका बलरमा आवेद म्याककोय र रविराम पाउलको सम्भावना छ । पोलार्ड, रसेल र ब्राभो अलराउन्डरको रुपमा छन् । पोलार्ड, रसेल र जुनियर वेस्टइन्डिजका प्रमुख हतियार हुन् । वेस्टइन्डिजको बलिङ कमजोरीको रुपमा छ । स्पिनर फबिएन एलेन चोटका कारण बाहिरिएपछि स्पिन आक्रमण झनै कमजोर बनेको छ । जसको फाइदा इंग्ल्यान्डले उठाउन सक्छ ।
यी दुवै टोलीको ब्याटिङमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबैको ब्याटिङमा गहिराई र विश्वस्तरिय खेलाडी छन् । त्यसैले आजको खेलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । बलिङमा भने वेस्टइन्डिज भन्दा इंग्ल्यान्ड कागजी रुपमा धेरै अगाडि छ । वेस्टइन्डिजको कमजोर बलिङको फाइदा उठाउँदै इंग्ल्यान्ड पहिलो जित निकाल्न चाहन्छ ।

हेड टु हेड :
इंग्ल्यान्ड र वेस्टइन्डिजबीच कुल १८ टि२० आई खेल भएका छन् । इंग्ल्यान्ड ७ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । वेस्टइन्डिज पहिला ब्याटिङ गर्दा ५ र लक्ष्य पछ्याउँदा ६ पटक विजयी भएको छ । पछिल्ला ५ खेलमा इंग्ल्यान्ड ३ खेलमा विजयी भएको छ ।
विश्वकपमा यी दुई टोलीको इतिहास
टि२० विश्वकपमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई हराउन सकेको छैन । टि२० विश्वकपमा कुल ५ खेल हुँदा ५ खेलमानै वेस्टइन्डिज भएको छ । २०१६ को फाइनलमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । समूह चरणमा ६ विकेटले पराजित गरेको थियो । वेस्टइन्डिजले इंग्ल्यान्डलाई २०१२ को विश्वकपमा १५ रन र २०१० को विश्वकपमा ८ विकेटले पराजित गरेको थियो ।
२००९ को विश्वकपमा वेस्टइन्डिजले डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले विजयी भएको थियो । सन् २०१० को उपाधि जितेको इंग्ल्यान्डले २०१६ को उपविजेता हो । वेस्टइन्डिजले २०१२ र २०१६ मा उपाधि जितेको थियो । इंग्ल्यान्ड दोस्रो र वेस्टइन्डिज तेस्रो उपाधि जित्ने सोचमा छन् ।
इंग्ल्यान्डको टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, टम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड ।
वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), अकिल हुसैन, ड्बेन ब्राभो, रोश्टन चेश, आन्द्रे फ्लेचर, क्रिस गेल, शिम्रन हेटमायर, इभिन लेविस, ओबेद म्याककोय, रवि रामपाउल, आन्द्रे रसेल, लेन्डन सिमन्स, ओशान थोमस र हेडन वाल्श जुनियर ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]