default_image

4 years ago

October 23, 2021

दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

217 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

हालसम्म टि२० विश्वकप जित्न नसकेका यी दुई टोलीलाई यस पटक सेमिफाइनल सम्म पुग्नै चुनौती देखिन्छ । अष्ट्रेलिया पछिल्लो समय प्रदर्शन पनि राम्रो छैन । विशेष गरि प्रमुख ब्याटरको खराब लय अष्ट्रेलियालाई चिन्ताको विषय बनेको छ । वार्मअप खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले वार्मअप खेलमा अफगानिस्तानलाई ४१ रन र पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तानलाई हराउनेक्रममा दक्षिण अफ्रिकाले १ सय ८७ रनको विजयी लक्ष्य पूरा गरेको थियो । तेस्रो नम्बरका रास्सी भान डर डुसेनले १ सय १ रनको शतकीय इनिङ खेलेपछि दक्षिण अफ्रिकाले अन्तिम बलमा पूरा गरेको थियो ।

दक्षिण अफ्रिका प्लेइङ ११ : टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, हेनरिक क्लासेन, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, एनरिच नोर्किया, डवेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च (कप्तान), प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

हेड टु हेड :

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच कुल २१ टि२० आई खेल भएका छन् । अष्ट्रेलिया १३ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा अष्ट्रेलिया ३ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । अष्ट्रेलिया पहिला ब्याटिङ गर्दा ४ र लक्ष्य पछ्याउँदा ७ पटक विजयी भएको छ । टि२० विश्वकपमा एक पटक मात्र यी दुई देशबीच भेट भएको छ । सन् २०१२ को टि२० विश्वकपमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो ।

विश्वकपमा यी दुई टोलीको इतिहास

दक्षिण अफ्रिका टि२० विश्वकपमा सन् २००९ र २०१४ मा सेमिफाइनल सम्म पुगेको थियो । टि२० विश्वकपमा दक्षिण अफ्रिकाले कुल ३० खेल खेलेको छ । जसमा १८ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । अष्ट्रेलिया २०१० को टि२० विश्वकपमा फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।

२००७ र २०१२ मा सेमिफाइनलमा पुगेको थियो । अष्ट्रेलियाले विश्वकपमा कुल २९ खेल खेल्दा १६ खेलमा जित र १३ खेलमा पराजित भएको छ । पछिल्ला १० खेल मध्य दक्षिण अफ्रिकाले ८ खेलमा जित निकालेको छ । अष्ट्रेलिया पछिल्ला १० खेल मध्य ४ मा विजयी भएको छ । आजको दोस्रो खेलमा वेस्टइन्डिज र इंग्ल्यान्डबीच ७ ः ४५ मा प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.