4 years ago
October 23, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय १९ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनायो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।
दोस्रो ओभरको तेस्रो बलमा स्पिन अलराउन्डर ग्लेन म्याक्सवेलले कप्तान टेम्बा बभुमालाई १२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले आफ्नो स्पेलकै पहिलो बलमा प्रमुख ब्याटर रास्सी भान डर डुसेनलाई २ रनमा म्याथ्यु वेडबाट क्याच गराएपछि दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

हेजलवुडले पाँचौं ओभरको पहिलो बलमा ओपनर क्विन्टन डी ककलाई ७ रनमा बोल्ड आउट गर्दा दक्षिण अफ्रिका २३–३ को कमजोर अवस्थामा पुगेको थियो । अर्का तीव्र गतिका बलर प्याट कमिन्सले आठौं ओभरको अन्तिम बलमा हेनरिक क्लासेनलाई १३ रनमा स्टिभ स्मिथबाट १३ रनमा क्याच गराए । उनले १३ बलमा २ चौका प्रहार गरे ।
१४ औं ओभरमा स्पिनर एडम जम्पाले दुई विकेट लिएपछि दक्षिण अफ्रिका संकटमा परेको थियो । तेस्रो बलमा आक्रमक ब्याटर तथा फिनिसर डेविड मिलरलाई १६ रनमा एलबीडब्लू आउट गरे । ड्वेन प्रिट्रिययस १, केशव महाराज शून्य र एनरिच नोर्किया रन २ रनमा आउट भए ।
अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले २, प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]