default_image

4 years ago

October 23, 2021

टि२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

210 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । शनिबार टि२० विश्वकपको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।


जितका लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मध्यक्रमका ब्याटर स्टिभ स्मिथले ३४ बलमा ३ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिए । म्याथ्यु वेड १० बलमा २ चौका सहित १५ रनमा अविजित रहे । मार्कस स्टोइनिस १६ बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । २१ बल खेलेका ग्लेन म्याक्सवेल १ चौका सहित १८ रनमा बोल्ड आउट भए ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा कगिसो रबाडाबाट क्याच गराउँदै दक्षिण अफ्रिकालाई पहिलो सफलता दिलाएका थिए । पाँचौं ओभरको तेस्रो बलमा रबाडाले अर्का ओपनर डेविड वार्नरलाई १४ रनमा हेनरिक क्लासेनबाट क्याच गराए । वार्नरले १५ बलमा ३ चौका प्रहार गरे ।

केशव महाराजले मिचेल मार्शलाई रास्सी भान डर डुसेनबाट ११ रनमा क्याच गराएपछि दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई सामान्य लक्ष्यमा पनि दबाबमा राखेको थियो । चौथो विकेटका लागि ग्लेन म्याक्सवेल र स्टिभ स्मिथले ४२ बलमा ४२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । स्मिथलाई १५ औं ओभरको पाँचौं बलमा नोर्कियाले एडेन माक्ररमबाट क्याच गराउँदै दक्षिण अफ्रिकालाई महत्वपूर्ण सफलता दिलाए । लगत्तै अर्को ओभरको दोस्रो बलमा स्पिनर तबरेज शाम्सीले म्याक्सवेललाई बोल्ड आउट गरेपछि अष्ट्रेलिया केहि दबाबमा परेको थियो ।


तर विकेटकिपर म्याथ्यु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिए । कगिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १-१ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।

दोस्रो ओभरको तेस्रो बलमा स्पिन अलराउन्डर ग्लेन म्याक्सवेलले कप्तान टेम्बा बभुमालाई १२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले आफ्नो स्पेलकै पहिलो बलमा प्रमुख ब्याटर रास्सी भान डर डुसेनलाई २ रनमा म्याथ्यु वेडबाट क्याच गराएपछि दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

हेजलवुडले पाँचौं ओभरको पहिलो बलमा ओपनर क्विन्टन डी ककलाई ७ रनमा बोल्ड आउट गर्दा दक्षिण अफ्रिका २३–३ को कमजोर अवस्थामा पुगेको थियो । अर्का तीव्र गतिका बलर प्याट कमिन्सले आठौं ओभरको अन्तिम बलमा हेनरिक क्लासेनलाई १३ रनमा स्टिभ स्मिथबाट १३ रनमा क्याच गराए । उनले १३ बलमा २ चौका प्रहार गरे ।

१४ औं ओभरमा स्पिनर एडम जम्पाले दुई विकेट लिएपछि दक्षिण अफ्रिका संकटमा परेको थियो । तेस्रो बलमा आक्रमक ब्याटर तथा फिनिसर डेविड मिलरलाई १६ रनमा एलबीडब्लू आउट गरे । ड्वेन प्रिट्रिययस १, केशव महाराज शून्य र एनरिच नोर्किया रन २ रनमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले २, प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

दक्षिण अफ्रिकाले दोस्रो खेल मंगलबार वेस्टइन्डिजसँग दुबईमा प्रतिस्पर्धा गर्नेछ । अष्ट्रेलियाले बिहीबार श्रीलंकासँग खेल्नेछ । आजको दोस्रो खेलमा केहि समयपछि इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेल सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.