default_image

4 years ago

October 23, 2021

वेस्टइन्डिज मात्र ५५ रनमा अल आउट

243 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ को समूह ए मा रहेको वेस्टइन्डिज पहिलो खेलमै इंग्ल्यान्डसँग ५५ रनमा अल आउट भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १४.२ ओभरमा ५५ रनमा अल आउट भएको हो ।

साविक विजेता वेस्टइन्डिजका क्रिस गेलले १३ बलमा ३ चौका सहित सर्वाधिक १३ रन बनाए । टि२० क्रिकेटको पावर हाउस वेस्टइन्डिज खराब ब्याटिङ गरेको हो । विश्व क्रिकेटमा टि२० खेलाडीको बाहुल्यता भएको वेस्टइन्डिजका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर क्रिस वोक्सले ओपनर इविन लेविसलाई दोस्रो ओभरको तेस्रो बलमा ६ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । स्पिनर मोईन अलीले तेस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर लेन्डन सिमन्सलाई ३ रनमा लियाम लिभिङस्टोनबाट क्याच गराए । अलीलेनै पाँचौं ओभरको चौथो बलमा युवा ब्याटर शिम्रन हेटमायरले मोर्गनबाट ९ रनमा क्याच आउट गराएपछि वेस्टइन्डिजले खराब सुरुवात गरेको थियो ।

वेस्टइन्डिजको खराब सुरुवातलाई मध्यक्रम र तल्लोक्रमका ब्याटरले पनि सम्हाल्न सकेनन् । तीव्र गतिका बलर टायमल मिल्सले छैटौं ओभरको अन्तिम बलमा वेस्टइन्डिजका सर्वाधिक अनुवभी तथा सफल ब्याटर क्रिस गेललाई क्याच गराउँदा पहिलो पावरप्लेमै वेस्टइन्डिज ३१–४ को कमजोर अवस्थामा पुगेको थियो ।

ड्वेन ब्राभो ५ रनमा क्याच आउट भए । मिल्सले नवौं ओभरको पाँचौ बलमा निकोलस पूरनलाई १ रनमा जस बटलरबाट क्याच आउट गराए । वेस्टइन्डिजका अन्तिम आशा तथा प्रमुख हतियार आन्द्रे रसेलले खाता खोल्न सकेनन् । ११ औं ओभरको पहिलो बलमा आदिल राशिदले रसेललाई शून्यमा बोल्ड आउट गरेका थिए । राशिदलेनै काइरन पोलार्डलाई ६ रनमा क्याच गराएपछि सम्पूर्ण आशा सकिएको थियो ।

इंग्ल्यान्डका स्पिनर आदिल राशिदले २.२ ओभरमा २ रन खर्चेर ४ विकेट लिए । मोइन अली र टायमल्स मिल्सले २-२ विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनको नाममा १-१ विकेट रह्यो ।

टि२० विश्वकप इतिहासमा यो तेस्रो कम योगफल हो । यसअघि २०१४ को टि२० विश्वकपमा नेदरल्यान्ड्स श्रीलंकाविरुद्ध १०.३ ओभरमा ३९ रनमा अल आउट भएको थियो । शुक्रबार नेदरल्यान्ड्सनै श्रीलंकाविरुद्ध ४४ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजको यो टि२० आईमा दोस्रो कम योगफल हो । यसअघि २०१९ मा वेस्टइन्डिज इंग्ल्यान्डसँग ४५ रनमा अल आउट भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.