default_image

4 years ago

October 24, 2021

ठूलापोखरालाई छत्रदेव प्रिमियर लिगको उपाधि

252 views

0 Bookmark

अर्घाखाँची (हाम्रो खेलकुद) – ठूलापोखरा वारियर्सले लगातार दोस्रो पटक छत्रदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । साविक विजेता ठूलापोखराले शनिबार फाइनलमा कालिका वारियर्सलाइ ३८ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ ।

छत्रदेव रंगशालामा फाइनलमा टस जितेर ब्याटिङ रोजेको ठूलापोखरा १९.४ ओभरमा १ सय ४२ रनमा अल आउट भएको थियो । ठूलापोखराको लागि प्रविन पौडेलले १९ बलमा सर्वाधिक ३३ रनको योगदान दिए । सुरज अधिकारीले २३ बलमा २०, सन्देश पराजुलीले ३७ बलमा १९ र विनोद तन्डन १३ बलमा २० रन बनाए । कालिकाको लागि सागर पाण्डे र कृष्ण श्रेष्ठले ३-३ विकेट लिए । गोकर्ण खनाल र आशिष थापाको नाममा २-२ विकेट रह्यो ।

जितको लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको कालिका १६.१ ओभरमा १ सय ९ रनमा अल आउट हुन पुग्यो । कालिकाका लागि विशाल वि.क ले २९ बलमा सर्वाधिक ३१ रन बनाए । आशिष थापाले २० बलमा २४ रन र गोकर्ण खनालले २४ बलमा १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ठूलापोखराको लागि सुरज अधिकारी र अनिल गौतमले ३-३ विकेट लिए । बिष्णु पाण्डे, चिरञ्जीवी पाण्डे र बिक्रम बरालले १-१ विकेट लिएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर कालिकाका सागर पाण्डे चुनिए । उत्कृष्ट ब्याटर कालिकाकै विशाल बि.क घोषित भए। प्रतियोगिताको युवा उत्कृष्ट खेलाडी कालिकाकै सुमन थापा हुँदा उत्कृष्ट फिल्डर ठूलापोखराका सन्देश पराजुली भए । प्रतियोगितामा सर्वाधिक छक्का भगवतीका दिपेन्द्र अर्याल रहे ।

अर्घाखाँची क्रिकेट संघको मातहतमा स्थानीय स्तरमा गठित छत्रदेव विकास समितिको आयोजनामा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा दोस्रो संस्करणको छत्रदेव प्रिमियर लिग सम्पन्न भएको हो ।

असोज ३१ गतेदेखि छत्रदेव रंगशालामा एक उद्घाटन कार्यक्रम तथा नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति अर्घाखाँची र छत्रदेव क्रिकेट विकास समितिको छत्रदेव ए बिच मैत्रीपूर्ण खेलबाट सुरु प्रतियोगिता सुरु भएको थियो ।

पहिलो संस्करणमा ठूलापोखराले भगवती राइनोजलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । मैत्रीपूर्ण खेलमा छत्रदेव ए ले एनसिएसस अर्घाखाँचीलाई पराजित गरेको थियो । त्यस्तै दिन सम्पन्न लिग अन्तरगतको पहिलो खेलमा कालिका वारियर्सले चिदिका ग्लाडिटर्सलाइ ८ विकेटले हराएको थियो।

त्यसपछि देशभर भएको मौसम बदली र भारी वर्षाले खेलहरु हुन सकेका थिएनन् । मौसम सुधार संगै संचालनमा आएको लिगको दोस्रो खेलमा ठूलापोखरा वारियर्सले अन्बिटेवल भगवतीलाई ६१ रनले हराउदा तेस्रो खेलमा अन्बिटेवल भगवतीले चिदिका ग्लाडिटर्सलाइ ३ रनले हरायो। चौथो खेलमा ठूलापोखरा वारियर्सले कालिका वारियर्सलाइ २ विकेटले हराउँदा पाचौं खेलमा कालिका राइनोजले अन्बिटेवल भगवतीलाई ७ विकेटले हराएको थियो । चिदिका ग्लाडिटर्स र ठूलापोखरा वारियर्सले अंक बाँडेका थिए ।

ठूलापोखरा ३ खेलबाट ५ अंक सहित शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको थियो । कालिका वारियर्स ३ खेलना ४ अंक सहित दोस्रो रहदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा १ खेल जितेको भगवती र जित विहिन चिदिका लिगबाटै बाहिरिएका थिए ।

समापन समारोहमा प्रमुख अतिथि छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेल, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष तुल्सी देवी श्रेष्ठ र अतिथिहरुको रूपमा सामाजिक विकास समिति संयोजक तथा ६. नं वडा अध्यक्ष कमल पौडेल सहित स्थानीय प्रतिनिधि, सहयोगिहरु उपस्थिति थियो । कार्यक्रमको सभाअध्यक्ष सुरज अधिकारी र संचालन नवीन पौडेल र अनिस सुबहानिले गरेका थिए ।

प्रतियोगितामा छत्रदेव गाउँपालिका, विपि कोइराला युवा नेतृत्व विकास मञ्च छत्रदेव, नेपाली क्रीकेट समर्थक समाज जिल्ला समन्वय समिति अर्घाखाँची, गगन टेण्ट हाउस, लुम्बिनी आवाज डटकम, माता सरस्वती स्टोर, अर्घाखाँची टेलिभिजन, छत्रदेव केवल नेटवर्क र विभिन्न व्याक्तिबाट सहयोग उपलब्ध भएको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.