default_image

4 years ago

October 24, 2021

टि२० विश्वकप : बंगलादेशमाथि श्रीलंकाको सानदार जित

158 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर चरिथ असलंका र मध्यक्रमका भानुका राजपक्षेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १८.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा शीर्षक्रमका चारिथ असलंकाले ४९ बलमा ५ चौका र ५ छक्का सहित सर्वाधिक ८० रनको अविजित विजयी इनिङ खेले । भानुका राजपक्षेले ३१ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेले । पाँचौं विकेटका लागि चरिथ असलंका र भानुका राजपक्षेले ८६ रनको उत्कृष्ट साझेदारी गरेपछि श्रीलंकाले सानदार जित हात पारेको हो । आफ्नो उत्कृष्ट प्रदर्शन र श्रीलंका जितका साथ भानुकाले आफ्नो ३० औं जन्मदिन बनाएका छन् ।

स्पिनर नासुम अहमदले पहिलो ओभरको चौथो बलमा ओपनर कुशल परेरालाई १ रनमा बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि निसंका र असलंकाले ६९ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर सकिब अल हसनले नवौं ओभरको पहिलो बलमा निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी गरेका थिए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । सकिब टि२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

सकिबले त्यसै ओभरको चौथो बलमा अविष्का फर्नान्डोलाई शून्यमा बोल्ड गर्दै बंगलादेशलाई खेलमा फर्काउन खोजेका थिए । अर्को ओभरमा मोहम्मद सैफुद्दिनले वानिन्दु हसरंगालाई ६ रनमा क्याच आउट गराएपछि श्रीलंका केहि दबाबमा परेको थियो । तर भानुका राजपक्षेले असलंकालाई राम्रो साथ दिँदै उत्कृष्ट ब्याटिङ गरेपछि श्रीलंकाले सानदार जित हात पारेको हो । बंगलादेशका स्पिनर सकिब अल हसन र नासुम अहमदले २–२ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले ५२ बलमा ६ चौका सहित सर्वाधिक ६२ रनको योगदान दिए । विकेटकिपर मुश्फिकुर रहिमले ३७ बलमा ५ चौका र २ छक्का सहित ५७ रनमा अविजित रहे । लिटन दास १६ र सकिब अल हसन १० रन जोडे ।

कप्तान महमूदुल्लाह रियाद ५ बलमा २ चौका सहित १० रनमा अविजित रहे । श्रीलंका चामिका करुणारत्ने, लाहिरु कुमारा र बिनुरा फर्नान्डोले १–१ विकेट लिए ।

श्रीलंका समूह ए को विजेता रुपमा सुपर १२ को समूह ए मा रहेको हो । बंगलादेश समूह बी को उपविजेता रुपमा सुपर १२ को समूह ए मा रहेको हो । बंगलादेशले अव बुधबार इंग्ल्यान्डसँग खेल्नेछ । श्रीलंकाले बिहीबार अष्ट्रेलियासँग खेल्नेछ । समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया र श्रीलंका समान १ खेलमा २–२ अंक छ । नेटरनरेटको आधारमा इंग्ल्यान्ड शीर्ष, श्रीलंका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.