default_image

4 years ago

October 24, 2021

भारतका दुवै ओपनर अफ्रिदीको शिकार

222 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानविरुद्ध भारतका दुवै ओपनर सस्तोमा पेभेलियन फर्केका छन् ।

ओपनर रोहित शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका हुन् । दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । भारतका सुर्य कुमार यादव ७ र विराट कोहली ४ रनमा अविजित छन् ।

तिव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा रोहितलाई शुन्यमा एलबीडब्लू आउट गरेका थिए । रोहित सामना गरेको पहिलो बलमै आउट भएका थिए । अफ्रिदीले तेस्रो ओभरको पहिलो बलमा लोकेश राहुललाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको छ ।

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

भारतको सुरुवाती ११ – विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, वरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

पाकिस्तानको सुरुवाती ११ – बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, हरिस रौफ, हसन अली, ईमाद वासिम, मोहम्मद हफिज, फखर जमान, मोहम्मद रिजवान (विकेटकिपर), शाहिन शाह अफ्रिदी र शोएब मलिक

प्रत्यक्ष प्रसारण : नेपालमा स्टार स्पोर्ट्सका च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.