4 years ago
October 24, 2021
एजेन्सी – कप्तान विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । टि२० विश्वकपमा कोहलीको यो १० औं अर्धशतक हो । कोहलीको टि२० आई करिअरको २९ औं अर्धशतक हो ।
युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । रोहित आफूले सामना गरेको पहिलो बलमै अर्थात गोल्डेन डक आउट भएका थिए । अफ्रिदीलेनै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर लोकेश राहुल (केएल) लाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले सानदार सुरुवात गरेको थियो ।
अर्का तीव्र गतिका बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भएपछि भारत ३१–३ को कमजोर अवस्थामा पुगेको थियो । सूर्य एज लागेर आउट हुन पुगेका थिए । खराब सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।

स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा कट एण्ड बोल्ड आउट गर्दै साझेदारी तोडे । ठूलो सट खेलेका पन्त टप एज लागेर कट एण्ड बोल्ड आउट भएका थिए । पन्तले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे ।
रविन्द्र जडेजाले १३ बलमा १ चौका सहित १३ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिए । हसन अलीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । हरिस रौफ र शादब खानले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]