4 years ago
October 24, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा भारतले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले मध्यम सुरुवात गरेको छ । पाकिस्तानलाई ओपनर मोहम्मद रिजवान र बाबर आजमले राम्रो सुरुवात दिलाएका छन् ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाउँदै ७१ रन बनाएको छ । ओपनर मोहम्मद रिजवान ३० बलमा २ चौका र १ छक्का सहित ३५ रनमा अविजित छन् । कप्तान बाबर आजम ३० बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित छन् ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाएका थिए । ऋषभ पन्तले ३० बलमा २ चौका र २ छक्का सहित ३९ रन बनाए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिएका थिए । विश्वकप इतिहासमा हालसम्म भारतले पाकिस्तानसँग हारेको छैन । पाकिस्तान आज इतिहास रच्ने सोचमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]