4 years ago
October 25, 2021
एजेन्सी – विश्व प्रसिद्ध टि२० फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को सिजनबाट लखनउ र अहमदाबादको टोली थपिने भएको छ । सोमबार सम्पन्न ६ घण्टा लामो बोलकबोलपछि आरपी संजिव गोएंका समूह (आरपीएसजी) र सिभिसीले टोली खरिद गरेका हुन् ।

आरपीएसजीले ७ हजार ९० करोड भारतीय रुपैयाँमा लखनउ फ्रेन्चाइज खरिद गर्दा सिभिसीले अहमदाबाद खरिद गर्न ५ हजार ६ सय २५ करोड भारतीय रुपैयाँ खर्चेको हो । आरपीएसजीले तिरेको मूल्य आइपिएलले राखेको न्युनतम २ हजार करोडभन्दा २ सय ५० प्रतिशत बढी हो । २२ कम्पनिले फ्रेन्चाइज खरिद गर्न इच्छा देखाएपनि ९ कम्पनि अन्तिम बोलकबोलमा उपस्थित थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) अध्यक्ष सौरभ गांगुलीले ठूलो मुल्यमा दुई फ्रेन्चाइज बिक्नु राम्रो संकेत रहेको बताए । उनले यसले क्रिकेट र आर्थिक दुवै पक्ष थप बलियो हुने बताए । उनले यस कदमसँगै घरेलु क्रिकेटरले विश्व क्रिकेटमा प्रभाव छाड्न पाउने बताए । अब आइपिएलमा अर्को सिजनबाट १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै नयाँ फ्रेन्चाइजले १० वर्षको अवधिमा यो रकम तिर्नुपर्नेछ । आइपिएलले लखनउ र अहमदाबादसँगै कटक, धर्मशाला, गुवाहाटी र इन्डोरलाई विकल्पको रुपमा राखेको थियो । आरपीएसजीले लखनउ र इन्दोर आफ्नो रोजाइमा राख्दा सिभिसीको नजर लखनउमा पनि थियो । बोलकबोल प्रक्रियामा म्यानचेस्टर युनाइटेडमा स्वामित्व रहेको ल्यान्सर ग्रुप, अहमदाबादको अद्नानी समूह लगायत उपस्थित रहेका थिए ।
आरपीएसजीले यसअघि सन् २०१६ र १७ मा राइजिङ पुने सुपरजायन्टको स्वामित्व किनेको थियो । आरपीएस्जीले हाल इन्डियन सुपर लिग फुटबलमा एटलेटिको मोहुन बगानसँगै टेनिस र बक्सिङमा पनि टोली खरिद गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]