4 years ago
October 27, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत पहिलो खेलमा आज इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । टि२० आई क्रिकेट इतिहासमै पहिलो पटक बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको सोचमा हुनेछ ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ५५ रनमा अल आउट गर्दै ६ विकेटको जित निकालेको थियो । वेस्टइन्डिजसँगको जितले इंग्ल्यान्डको मनोबल उच्च छ । वेस्टइन्डिजलाई ५५ रनमा अल आउट गर्न स्पिनर मोईन अलीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अर्का स्पिनर आदिल राशिदले २.२ ओभरमा २ रन खर्चेर ४ विकेट लिएका थिए । यी दुई स्पिनर बंगलादेशका ब्याटरलाई घातक बन्न सक्छन् ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा इंग्ल्यान्डले आजको खेलमा टोली परिवर्तन गर्ने सम्भावना न्यून छ । ओपनर जस बटलर राम्रो लयमा छन् । पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएका बटलरले उच्च प्रदर्शनका साथ इंग्ल्यान्डको जित सहज बनाउन सक्छन् । इंग्ल्यान्डको टोलीमा विश्वस्तरिय ब्याटरको बाहुल्यता र गहिराई छ ।

ओपनिङ बटलर र जेसन रोयले गर्नेछन् । जोनी बेयरस्टो, मोईन अली, लियाम लिभिङस्टोन, डेविड मलान र ओईन मोर्गन मध्यक्रममा हुँदा ब्याटिङ निकै मजबुत र बलियो छ । इंग्ल्यान्डको ब्याटिङ एक दुई खेलाडीमा निर्भर छैन । अलीले पछिल्लो समय आक्रामक रुपमा रन जोड्दै आएका छन् । लिभिङस्टोन ठूला र इनिङका लागि चिनिन्छन् । तीव्र गतिका बलरमा क्रिस जोर्डन, टाइमल मिल्स र क्रिस वोक्स रहनेछन् । स्पिनरमा राशिद र अली हुनेछन् ।
यता बंगलादेश सुपर १२ को पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । १ सय ७१ रनको योगफल जोगाउन नसक्दा बंगलादेश पराजित हुन पुगेको थियो । बंगलादेशले आजको खेलमा बलिङमा केहि परिवर्तन गर्ने सम्भावना छ । तीव्र गतिका बलर मोहम्मद सैफुद्दिन चोटका कारण प्रतियोगितानै गुमाउने भएका छन् । उनको स्थानमा अनुभवी रुबेल हसन टोलीमा जोडिएका छन् ।

स्पिनर नासुम अहमदको स्थानमा शमिम हुसैनलाई मौका दिन सक्छ । स्पिन अलराउन्डर शमिम तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । कमजोर प्रदर्शन गर्दै आएका ओपनर लिटन दासको स्थानमा बंगलादेशले सौम्य सरकारलाई मौका दिने सम्भावना छ । युवा ओपनर मोहम्मद नइम राम्रो लयमा छन् । श्रीलंकाविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए ।
स्पिनर सकिब अल हसन बंगलादेशका प्रमुख हतियार हुन् । टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी सकिबको उच्च प्रदर्शन विना बंगलादेशको जित कठिन देखिन्छ । अनुभवी ब्याटर मुश्फिकुर रहिमले पनि श्रीलंकाविरुद्ध ३७ बलमा ५७ रनको इनिङ खेलेका थिए । मुश्फिकुरले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउँदै राम्रो इनिङ खेल्न सक्छन् ।
तीव्र गतिका बलर मुस्ताफिजुर रहमान र सकिब प्रमुख हतियार हुन् । मुस्ताफिजुर रहमानले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । बंगलादेश उनीबाट अझ उत्कृष्ट प्रदर्शन चाहन्छ । टि२० विश्वकप मात्र नभएर टि२० आई इतिहासमै पहिलो पटक यी दुई टोलीले एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । कागजी रुपमा बांगलादेश भन्दा इंग्ल्यान्ड धेरै बलियो टोली हो । तर बंगलादेश र युएईको वातावरण र मैदान उस्तै प्रकारको हुँदा त्यसको फाइदा उठाउँदै बंगलादेश जित निकाल्ने सोचमा छ ।
इंग्ल्यान्डको टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, टम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड ।
बंगलादेशको टोली : महमुदूल्लाह रियाद (कप्तान), सकिब अल हसन, मुश्फिकुर रहिम, सौम्य सरकार, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, नुरुल हसन (विकेटकिपर), समिम हसनैन, मुस्ताफिजुर रहमान, तस्किन अहमद, रुबेल हसन, शोरिफुल ईस्लाम, माहेदी हसन र नासुम अहमद ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]