4 years ago
October 27, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को बी मा रहेको न्युजिल्यान्डलाई ठूलो झड्का लागेको छ । प्रमुख तीव्र गतिका बलर लोकी फर्गुसन खुट्टामा चोटका कारण टि२० विश्वकप २०२१ गुमाउने भएका छन् ।

अभ्यासको क्रममा उनको दायाँ खुट्टाको मांशपेशीमा चोटका कारण कम्तीमा तीन हप्ता मैदान बाहिर रहने भएका छन् । उनीलाई फिट हुन तीन देखि चार हप्ता लाग्ने भएपछि विश्वकप टोलीबाट बाहिरिएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । फर्गुसनको स्थानमा न्युजिल्यान्डले तीव्र गतिका बलर एडम मिल्नेलाई टोलीमा समेटेको छ ।
मिल्ने यसअघि विश्वकप घोषणा टोलीमा चोेटको वैकल्पिक खेलाडीको रुपमा थिए । फर्गुसनले १३ टि२० आई खेलमा २४ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ५–२१ छ । उनको बलमा गति प्रटिघण्टा १ सय ५० किलोमिटर सम्मको रहेको छ । न्युजिल्यान्डका प्रमुख टि२० बलरको रुपमा रहँदै आएका फर्गुसन टोलीमा नहुँदा बलिङ युनिट केहि कमजोर बन्ने अनुमान गरिएको छ ।

उनको स्थानमा लिएका २९ वर्षिय एडम मिल्नेले २३ टि२० आई खेलमा २८ विकेट लिएका छन् । मिल्ने पछिल्लो समय राम्रो लयमा छन् । पछिल्लो समय घरेलु क्रिकेट र फ्रेन्चाइज लिगमा उच्च प्रदर्शनका साथ न्युजिल्यान्डको टोलीमा स्थान बनाएका हुन् ।
पहिलो खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । समूह बी मा रहेको न्युजिल्यान्डलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाउन आइतबार भारतलाई पराजित गर्नैपर्ने दबाब छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । जारी टि२० विश्वकपमा चोटका कारण बाहिरिने फर्गुसन तेस्रो खेलाडी हुन् ।
यसअघि वेस्टइन्डिजका स्टार अलराउनडर फबिएन एलेन र बंगलादेशका तीव्र गतिका बलर मोहम्मद सैफुद्दिन पनि चोटका कारण टि२० विश्वकपबाट बाहिरी सकेका छन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र नामिबिया छन् ।
न्युजिल्यान्डको टोली :
केन विलियम्सन (कप्तान), टोड एश्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, मार्टिन गुप्टिल, काईल जेमिसन, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईस सोधी, टिम साउथी र एडम मिल्ने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]