default_image

4 years ago

October 27, 2021

इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै बंगलादेश

232 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को खेलमा बंगलादेशले इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा बंगलादेशका कप्तान महमूदुल्लाह रियादले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

बंगलादेशले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर मोहम्मद सैफुद्दिनचोटका कारण बाहिरिएपछि उनको स्थानमा शोरिफुल इस्लामलाई मौका दिएका छन् । इंग्ल्यान्डले भने टोलीमा परिवर्तन गरेको छैन ।

टि२० आई क्रिकेट इतिहासमै पहिलो पटक बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको सोचमा हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ५५ रनमा अल आउट गर्दै ६ विकेटको जित निकालेको थियो । वेस्टइन्डिजसँगको जितले इंग्ल्यान्डको मनोबल उच्च छ ।

यता बंगलादेश सुपर १२ को पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । तीव्र गतिका बलर मुस्ताफिजुर रहमान र सकिब प्रमुख हतियार हुन् । टि२० विश्वकप मात्र नभएर टि२० आई इतिहासमै पहिलो पटक यी दुई टोलीले एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । कागजी रुपमा बांगलादेश भन्दा इंग्ल्यान्ड धेरै बलियो टोली हो । तर बंगलादेश र युएईको वातावरण र मैदान उस्तै प्रकारको हुँदा त्यसको फाइदा उठाउँदै बंगलादेश जित निकाल्ने सोचमा छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, जस बटलर, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय र क्रिस वोक्स ।

बंगलादेशको प्लेइङ ११ : महमुदूल्लाह रियाद (कप्तान), सकिब अल हसन, मुश्फिकुर रहिम, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, नुरुल हसन (विकेटकिपर), मुस्ताफिजुर रहमान, माहेदी हसन, शोरिफुल इस्लाम र नासुम अहमद ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.