default_image

4 years ago

October 27, 2021

टि२० विश्वकपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

149 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा रहेको इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रनमा आउट भए ।

डेविड मलान २५ बलमा ३ चौका सहित २८ रनमा अविजित रहे । जोनी बेयरस्टो ८ रनमा अविजित रहे । जस बटलर १८ बलमा १ चौका र १ छक्का सहित १८ रनमा क्याच आउट भए । बंगलादेशका शोरिफुल ईस्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले ३० बलमा ३ चौका सहित सर्वाधिक २९ रन बनाए । कप्तान महमुदूल्लाह रियादले २४ बलमा १ चौका सहित १९ रन जोडे । नासुम अहमद ९ बलमा १ चौका र २ छक्का सहित १९ रनमा अविजित रहे ।

तेस्रो ओभरमा स्पिनर मोईन अलीले लगातार दुबै ओपनरलाई पेभेलिएन फर्काएका थिए । तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेलेका लिटन दास डिप स्क्वायर लेगमा लियाम लिभिङस्टोनबाट ९ रनमा क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा मोहम्मद नइम मिडअनमा ५ रनमा क्रिस वोक्सबाट क्याच भएका थिए । क्रिस वोक्सको छैटौं ओभरको दोस्रो बलमा फाइन लेगमा आदिल राशिदले उत्कृष्ट क्याच लिएपछि सकिब अल हसन ४ रनमा पेभेलिएन पर्केका थिए । त्यसपछि बंगलादेश खेलमा पुरै दबाबमा परेको थियो ।

अनुभवी ब्याटर रहिमलाई लियाम लिभिङस्टोनले ११ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गरे । १३ औं ओभको चौथो बलमा अफिफ हुसैन ५ रनमा रन आउट भए । लिभिङस्टोनले महमूदुल्लाह रियादलाई १९ रनमा एलबीडब्लू आउट गरे । नुरुल हसन १८ बलमा १६ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । पार्टटाइम स्पिनर लियाम लिभिङस्टोनले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । मोईन अलीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । उक्त खेलमा वेस्टइन्डिजलाई ५५ रनमा अल आउट गरेको थियो । इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्डले अव शनिबार अष्ट्रेलियासँग खेल्नेछ । समान २ अंक भएपनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अष्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । समान दुई खेल खेल्दा अंक बिहिन बनेका बंगलादेश पाँचौं र वेस्टइन्डिज पुछारमा छन् । बंगलादेशले शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । अन्य टोलीले खाता खोलेका छैनन् । कुनै खेल नखेलेको नामिबिया तेस्रो स्थानमा छ । समान एक खेल खेलेका न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.