default_image

4 years ago

October 27, 2021

कवितालाई पहिलो पटक समेट्दै विश्वकप छनोट खेल्ने नेपाली महिला टोली घोषणा

209 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि नेपाल क्रिकेट संंघ (क्यान) ले नेपाली राष्ट्रिय महिला अन्तिम टोली घोषणा गरेको छ । क्यानले रुविना कप्तानीमा स्पिन अलराउन्डर कविता जोशीलाई पहिलो पटक समेट्दै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।

त्यस्तै टोलीमा विकेटकिपर ज्याति पाण्डे, स्पिनर संगिता राई र सबनम राईले टोलीमा पूनरागमन गरेका छन् । सुदूरपश्चिमकी कविताले पुषमा दाङमा भएको प्रधानमन्त्रीकप महिला टि२० क्रिकेट प्रतियोगितामा उच्च प्रदर्शन गरेकी थिइन् । कविता स्पिनसँगै तल्लोक्रममा ठूला सटको क्षमता राख्छिन् । पिएम कपमा कविताले ५० रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन् । जसमा बागमती प्रदेशविरुद्ध २ ओभरमा १० रन खर्चेर ह्याट्रिक सहित ५ विकेट लिएकी थिइन् ।

नेपाल एपिएफ क्लबकी ज्याति पाण्डेले घरेलु क्रिकेटमा पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । पिएमकपमा ज्योति ५ खेलमा १ सय ५१ रनका साथ सर्वाधिक रन बनाउने खेलाडी बनेकी थिइन् । पिएम कपको उपाधि प्रदेश नम्बर १ लाई जिताउन सबमन र संगिताले उत्कृष्ट प्रदर्शन गरेका थिए । पिएम कपमासंगिता राईले ११ र सबनमले ७ विकेट लिएकी थिइन् ।

सङ्गीता पिएम कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । ज्योति उत्कृष्ट ब्याटर घोषित भएकी थिइन् । संगिता, ज्योति र सबनम १३ औं सागमा नेपाली टोलीमा थिएनन् । सरस्वती घर्तीमगर, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी वैकिल्प खेलाडीमा छन् ।

२०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले ग्लोबल छनोटको लागि मलेसियामा एसिया छनोट खेल्ने छ । नेपाली महिला टोलीले पछिल्लो पटक सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिस्पर्धा गरेका थिए ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट आगमी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुने छ । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुने छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने छ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । मलेसियामा हुने प्रतियोगितामा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपाली महिला टोली :

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.