default_image

4 years ago

October 28, 2021

टि२० विश्वकपमा नामिबियाले स्कटल्यान्डलाई हरायो

126 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को आफ्नो पहिलो खेलमानै नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ । सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै २ अंक जोडेको छ ।

जितको लागि १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नामिबिया जितमा जेजे स्मित २३ बलमा २ चौका र २ छक्का सहित ३२ रनमा अविजित रहे । ओपनर के्रग विलियम्स २९ बलमा २३ र माइकल भ्यान लिङ्गेन २४ बलमा १८ रनमा आउट भए ।

पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसे १६, किकेटकिपर जीन ग्रिन ९ र गेहरार्ड इरास्मस ४ रनमा आउट भए । स्टकल्यान्डका माइकल लिस्कले सर्वाधिक २ विकेट लिए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । स्कटल्यान्डका माइकल लिस्कले २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए ।

क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो ओभरमै स्कटल्यान्डले आफ्ना प्रमुख तीन ब्याटर जर्ज मुन्से, कलुम म्याकलड र कप्तान रिची बेरिंगटन शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले पहिलो ओभरमै प्रमुख तीन विकेट लिएपछि नामिबियाले खेलमा निरन्तर पकड जमाउँदै स्कटल्यान्डलाई सस्तैमा समेटेको थियो ।
नामिबिया रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले १–१ विकेट लिए ।

नामिबिया सुपर १२ को समूह बी मा २ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाले अव आइतबार अफगानिस्तानसँग खेल्नेछ । २ खेलमा अंक बिहीन हुँदै पुछारमा रहेको स्कटल्यान्डले तेस्रो खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ । नामिबियाले पहिलो पटक टि२० विश्वकप खेलेको हो । पहिलो चरणको समूह ए बाट आयरल्यान्डलाई पछि पार्दै दोस्रो स्थानमा रहेर सुपर १२ मा स्थान बनाएको थियो ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । समान २ अंक भएपनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अष्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । समान दुई खेल खेल्दा अंक बिहिन बनेका बंगलादेश पाँचौं र वेस्टइन्डिज पुछारमा छन् ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । अंक समान एक खेल खेलेका न्युजिल्यान्ड चौथो र भारत पाँचौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.