default_image

4 years ago

October 28, 2021

लगातार दोस्रो जितको सोचमा अष्ट्रेलिया

167 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत आज समूह ए को एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरु हुनेछ ।

सुपर १२ मा दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् । श्रीलंका समूह ए को विजेता रुपमा सुपर १२ मा स्थान बनाएको हो । श्रीलंका पहिलो चरणमा तीन खेलमा तीनमानै जितका साथ समूह विजेता बनेको थियो । सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटलेनै पराजित गरेको थियो ।

अष्ट्रेलियालाई शीर्षक्रमको ब्याटिङ चिन्ताको विषय बन्दै आएको छ । पहिलो खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याउन अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाएको थियो । ओपनर डेविड वार्नर १४, आरोन फिन्च शून्य र मिचेल मार्श ११ रनमा आउट भएका थिए । फिन्च र वार्नरको खराब लय अष्ट्रेलियालाई सबैभन्दा ठूलो चिन्ताको विषय हो । वार्नर पछिल्लो खेलमा लयमा फर्किने संकेत दिएका थिए ।

मार्शले भने पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आजको खेलमा उनीबाट उच्च प्रर्दशनको अपेक्षा गरिएको छ । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल अष्ट्रेलिया प्रमुख ब्याटर हुन् । अष्ट्रेलिया म्याक्सवेलबाट उनको शैलीको आक्रामक ब्याटिङ चाहन्छ । तल्लोक्रमका मार्कस स्टोइनिस र म्याथ्यु वेडबाट उत्कृष्ट अन्त्य चाहन्छ । आक्रामक ब्याटिङका लागि चर्चित स्टोइनिस राम्रो लयमा छन् । दक्षिण अफ्रिकालाई हराउन स्टोइनिसले २४ रनको अविजित इनिङ खेलेका थिए ।

अष्ट्रेलियाको तीव्र गतिको बलिङ युनिट उत्कृष्ट छ । मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्स प्रमुख तीव्र गतिका बलर हुन् । यी तीनै बलर उत्कृष्ट प्रदर्शनको लागि चिनिन्छन् । स्पिनरमा एडम जाम्पा रहनेछन् । ग्लेन म्याक्सवेल र स्टोइनिस पार्टटाइ बलर हुन् । पहिलो खेलमा अष्ट्रेलिया बलरले उच्च प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।

यता श्रीलंका अष्ट्रेलियालाई स्तब्ध पार्ने सोचमा छ । श्रीलंकाले विश्वकपमा सानदार प्रदर्शन गर्दै आएको छ । पहिलो चरणमा नामिबियालाई ७ विकेट, आयरल्यान्डलाई ७० रन र नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेशलाई हराउन चरिथ असलंकाले ८० र भानुका राजपक्षेले ५३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । पछिल्लो समय यी दुई ब्याटरले श्रीलंकाबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुई ब्याटरको लय रोक्न अष्ट्रेलियालाई चुनौती हुनसक्छ ।

ओपनर कुशल परेराको खराब लय श्रीलंकालाई चिन्ता थपेको छ । उनी बंगलादेशसँग १, आयरल्यान्डसँग शून्य र नामिबियासँग ११ रनमा आउट भएका थिए । प्रमुख तथा अनुभवी ब्याटर कुशलबाट श्रीलंका उत्कृष्ट प्रदर्शन चाहन्छ । उनलाई जिम्मेवारीका साथ ब्याटिङ गर्न आवश्यक पनि देखिन्छ । अर्का ओपनर पाथुम निसंका भने राम्रो लयमा छन् । अविष्क फर्नान्डो र वानिन्दु हसरंगा मध्यक्रम सम्हाल्ने छन् । युवा ब्याटर अविष्का श्रीलंकालाई आजको खेलमा नायक बन्न सक्छन् ।

स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर दुश्मन्था चामिरा श्रीलंका प्रमुख बलिङ हतियार हुन् । वानिन्दुले पछिल्लो समय उत्कृष्ट प्रदर्शनका साथ श्रीलंका जित सहज बनाउँदै आएका छन् । चामिराले नयाँ बलका साथ निरन्तर विकेट लिँदै आएका छन् । श्रीलंकाले बिनुरा फर्नान्डोको स्थानमा स्पिनर महेश थेक्सनालाई मौका दिन सक्छ ।

हेड टु हेड :

यी दुई देशबीच कुल १६ टि२० आई खेल भएका छन् । जसमा दुबै टोलीले ८–८ मा जित निकालेका छन् । पछिल्ला चार खेलमा अष्ट्रेलियाले लगातार जित निकालेको छ । श्रीलंकाले २०१७ मा अष्ट्रेलियालाई अन्तिम पटक २ विकेटले पराजित गरेको थियो । चार वर्षको अन्तरमा श्रीलंका टोलीको स्तरमा धेरै परिवर्त आएको छ । अहिले पहिला भन्दा बढी खस्केको छ ।

टि२० विश्वकपमा यी दुई देशबीच कुल ३ खेल भएका छन् । जसमा अष्ट्रेलिया २ खेलमा जित र १ खेलमा पराजित भएको छ । पछिल्लो पटक २०१० को विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । उक्त विश्वकपमा अष्ट्रेलिया ८१ रनले विजयी भएको थियो । २००९ मा श्रीलंकाले ६ विकेटले हराएको थियो । २००७ मा अष्ट्रेलियाले १० विकेटले श्रीलंकालाई पराजित गरेको थियो ।

श्रीलंका टोली :

दासुन शनका (कप्तान), धनन्जय डि सिल्भा, कुसल पेरेरा, दीनेश चान्डिमल, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, बिनुरा फर्नान्डो, चामिका करुणारत्ने, लाहिरु कुमारा, दुश्मन्था चामिरा, पाथुम निसंका, अकिला धनन्जय र महेश थेक्शेना ।

अष्ट्रेलिया टोली : 

आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.