default_image

4 years ago

October 29, 2021

पाकिस्तानसँग हारपछि भारतीय टोलीमा देखाएका पाँच दुविधा

165 views

0 Bookmark

एजेन्सी – भारत आइतबार आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो खेलमै पाकिस्तानसँग १० विकेटले पराजित हुन पुग्यो । सुपर १२ को समूह बी मा रहेको भारत विश्वकप इतिहासमा पाकिस्तानसँग पहिलो पटक पराजित भएपछि चर्को आलोचना खेप्दै आएको छ । पाकिस्तानले १ सय ५२ रनको विजयी लक्ष्य १७.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको थियो ।

उपाधिको दाबेदार भारतलाई सेमिफाइनल यात्रा बलियो बनाउन आइतबार न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्छ । न्युजिल्यान्डसँग आइतबार पराजित भएमा भने भारत समूह चरणबाटै बाहिरिने समीकरण देखिन्छ । जसले गर्दा भारतलाई जित बाहेक अन्य विकल्प छैन । तर पाकिस्तानसँगको हारले भने भारतीय टोली भित्र थुप्रै दुविधा र समस्याहरु देखिएका छन् । टोली सन्तुलन र प्लेइङ ११ लाई लिएर आलोचना भइरहेको छ । पाकिस्तानसँग हारपछि भारतीय टोलीमा देखापरेका पाँच दुविधाहरु :

ईशान किशन भारतीय टोलीमा दायाँ हाते ब्याटरको स्थान लिन सक्छन् ?

पाकिस्तानविरुद्ध भारतको प्लेइङ ११ मा बायाँ हाते ब्याटरमा ऋषभ पन्त थिए । भारतीय टोलीमा शीर्ष ६ ब्याटरमा पन्त एक्लो बायाँ हाते ब्याटर थिए । अलराउन्डर रविन्द्र जडेजा अर्को बायाँ हाते खेलाडी हुन् । शीर्षक्रममा भारतको बायाँ हाते ब्याटर छैनन् । यसले शीर्षक्रममा बायाँ र दायाँ हाते ब्याटरको सन्तुलन मिलेको छैन ।

त्यसैले बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी शीर्षक्रमको नायक बनेका थिए । ईशान किशन टि२० विशेष ब्याटर हुन् । आक्रामक ब्याटिङको क्षमता राख्छन् । केहि समय अघि आइपिएलमा मुम्बई इन्डियन्सबाट सनराइजर्स हैदराबादविरुद्ध ३२ बलमा ११ चौका र ४ छक्का सहित ८४ रनको इनिङ खेलेका थिए । वार्मअप खेलमा इंग्ल्यान्डविरुद्ध किशनले ४६ बलमा ७ चौका र ३ छक्का सहित ७० रनको इनिङ खेलेका थिए ।

किशन भारतीय ओडिआई र टि२० आईमा डेब्यूमै अर्धशतक प्रहार गर्ने खेलाडी समेत हुन् । उनको आगमनले ब्याटिङ सन्तुलन हुने देखिन्छ । त्यसको लागि भारतले रोहित शर्मा र लोकेश राहुल मध्य एकलाई बेन्च वा तल्लोक्रममा खेलाउनु पर्नेहुन्छ । तल्लोक्रममा हार्दिक पान्ड्याको स्थानमा मौका दिने भन्ने पनि छ । भारतीय टोलीमा किशन निकै आवश्यक देखिन्छन् । तर कसलाई बेन्चमा राख्ने भन्ने दुविधा छ ।

रोहित र राहुलको ओपनिङ साझेदारीमा ब्रेक

शिखर धवन भारतीय ओपनिङमा छैनन् । रोहित शर्मा र लोकेश राहुलले ओपनिङ गर्दै आएका छन् । शिखर कमजोर स्ट्राइकरेट र सुस्त खेल्ने शैलीको कारण नपरेका हुन् । यी दुबै ब्याटर सुरुवाती समय लिन चाहन्छन् । तेस्रो नम्बरका विराट कोहली पनि सुरुवाती समयनै लिएर खेल्ने गर्दछन् । शीर्षक्रमका तीन ब्याटरको खेल्ने शैली र क्लास एकै किसिमको छ यसले गर्दा भारतले पावरप्लेको भरपूर्ण फाइदा उठाउन सकेको छैन । त्यसको असर डेथ ओभरमा पनि देखिन्छ ।

यो अवस्थामा राहुललाई मध्यक्रम र ईशानलाई ओपनिङ गराउने हो कि भन्ने दुविधा भारतीय क्रिकेटमा यतिबेला छ । राहुल वर्तमान समयका उत्कृष्ट ब्याटर हुन् । उनले मध्यक्रममा राम्रो रेकर्ड पनि छ । चौथो नम्बरमा राहुलको औसत ८७ छ । राहुललाई चौथो नम्बरमा खेलाउँदा भारतको ब्याटिङ सन्तुलन हुनेछ । यसले हार्दिक पान्ड्यालाईको आत्माविश्वासलाई पनि सहयोग गर्नसक्छ । हार्दिक खराब लयमा छन् । राहुल चौथो नम्बरमा हुँदा ब्याटिङमा सन्तुलन देखिन्छ ।

हार्दिक विशेष फिनिसरको लागि योग्य छन् ?

हार्दिक पान्ड्या चोट, बलिङ गर्न नसक्नु र खराब लयले भारतलाई चिन्ता थपेको छ । यसले वर्तमान समयमा भारतीय टोलीमा हार्दिक विशेष फिनिसरको लागि योग्य छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ । हार्दिक पछिल्लो समय केहि समय भारतीय टोलीमा पनि थिएनन् । आइपिएलमा यस सिजनमा हार्दिकले १२ खेलमा १४.११ ओ औसतमा कुल १ सय २७ रन बनाएका थिए । जसमा उनको स्ट्राइकरेट ११३.३९ रहँदा उच्च प्रदर्शन ४० रन अविजित थियो ।

तर हार्दिक बलिङ ४ ओभर गर्न सक्छन् वा सक्दैनन भन्ने दुविधा छ । पाकिस्तानसँगको खेलमा उनी फिल्डिङ गर्ननै आएका थिएनन् । अर्कोतर्फ हार्दिक बलिङ गर्न सक्दैनन् भने ब्याटिङको लागि मात्र त ईशान किशनलाई मौका दिएर हेर्ने हो कि भन्ने पनिछ । तर हार्दिकले बलिङ नगर्दा छैटौं बलरको विकल्प पनि हुँदैन । यसले गर्दा भारतीय क्रिकेट हार्दिकको स्थानमा धेरै दुविधामा छ ।

शार्दूल ठाकुर भारतीय टोलीमा अनौंठो भूमिका निर्वाह गर्नसक्छन् ?

तीव्र गतिका बलर शार्दूल ठाकुर वर्तमान समयका स्ट्रिम स्मार्ट बलर हुन् । हार्दिक पान्ड्याको विकल्प पहिलो रोजाईमा शार्दूलनै छन् । तर उनको आगमनले ब्याटिङ कमजोर हुने हो की भन्ने चिन्ता पनि छ । ठाकुरले १ सय २२ टि२० खेलमा १ सय ८३ रन बनाएका छन् । औसत ९.१५ र स्ट्राइकरेट ११५.०९ छ ।

तर अष्ट्रेलिया र इंग्ल्यान्ड भ्रमणमा उनी भारतका गेम चेन्जर खेलाडी हुन् । अष्ट्रेलियाविरुद्ध चौथो टेस्टमा भारतलाई सानदार जित दिलाउन ठाकुरले ६७ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डविरुद्ध ५७ रनको इनिङ खेलेका थिए । उनले ब्याटिङमा पनि पछिल्लो समय आफ्नो सम्भावना देखाएका छन् । आइपिएलमा चेन्नईलाई यस सिजनको उपाधि दिलाउन उनको प्रदर्शन उत्कृष्ट थिये । भारतले हार्दिक वा रविन्द्र जडेजा ठाउँमा जोखिम लिने की भन्ने दुविधा छ ।

के भारतको बलिङ आक्रामण सन्तुलन ठिक छ ?

भारतीय स्पिन आक्रमण बढी छ । भारतले आफ्नो प्लेइङ ११ मा तीन तीव्र गतिका बलरलाई मौका दिएको थियो । भुवनेश्वर कुमार, जस्प्रित बुमराह र मोहम्मद शामी तीव्र गतिका बलरको रुपमा थिए । स्पिनरमा जडेजा र वरुण चक्रवर्ती थिए । भुवनेश्वरको पछिल्लो लय राम्रो छैन । पाकिस्तानविरुद्ध ८.३० को औसतमा बलिङ गरेका थिए । यस सिजनको आइपिएलमा ११ खेलमा ६ विकेट लिएका थिए ।

स्पिनर बरुण चक्रवर्तीले सुरुवात दुई ओभरमा प्रभाव छाडेपनि मध्यक्रममा राम्रो गर्न सकेनन् । मध्यक्रम आक्रमण बलियो बनाउन रविचन्द्रन आश्विन चक्रवर्ती र जडेजा एकै साथ आउन सक्छन् ? जस्प्रित बुमराह र मोहम्मद शामीलाई शार्दूलले सहयोग गर्लान् भन्ने प्रश्न छ । कि अनुभवी बलर भुवनेश्वरकै साथ जाने भन्ने दुविधा छ ।

(विज्डनको सहयोगमा)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.