4 years ago
October 28, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को खेलमा श्रीलंकाले अष्ट्रेलियालाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए । कुशलले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चरिथले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । भानुका राजपक्षे २६ बलमा ४ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।
तीव्र गतिका बलर प्याट कमिन्सले तेस्रो ओभरको तेस्रो बलमा ओपनर पाथुम निसंकालाई ७ रनमा डेविड वार्नरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि चरिथ असालंका र कुशल परेराले ६३ रनको साझेदारी गरेपछि श्रीलंका सम्हाल्लिदै राम्रो योगफलको सम्भावना देखाएका थिए ।
स्पिनर एडम जाम्पाले दशौं ओभरको चौथो बलमा असालंकालाई स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलियाले खेलमा पूनरागमन गरेको थियो । लगत्तै अर्को ओभरमा स्टार्कले कुशललाई बोल्ड आउट गरे । १२ औं ओभरको पाँचौं बलमा जाम्पाले अविष्का फर्नान्डोलाई ४ रनमा स्मिथबाट क्याच आउट गराए ।
१३ औं ओभरको दोस्रो बलमा वानिन्दु हसरंगालाई ४ रनमा क्याच आउट गराएपछि श्रीलंका ९४–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका कप्तान दासुन शनकाले १२ र चामिका करुणारत्नेले ९ रन बनाए ।
स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]