default_image

4 years ago

October 28, 2021

वार्नरको अर्धशतकमा अष्ट्रेलियाको लगातार दोस्रो जित

190 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ४२ बलमा १० चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए । पछिल्लो समय खराब प्रदर्शनका साथ चर्को आलोचना खेप्दै आएका वार्नरले उत्कृष्ट प्रदर्शनका साथ आफ्नो लयमा फर्किएको संकेत दिएका छन् ।

अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र आरोन फिन्चले ६.५ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फिन्चलाई स्पिनर वानिन्दु हसरंगाले ३७ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । फिन्चले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

स्टिभ स्मिथ २६ बलमा १ चौका सहित २८ रनमा अविजित रहे । मार्कस स्टोइनिस ७ बलमा २ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ५ रनमा आउट भएका थिए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए । कुशलले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चरिथले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । भानुका राजपक्षे २६ बलमा ४ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

तीव्र गतिका बलर प्याट कमिन्सले तेस्रो ओभरको तेस्रो बलमा ओपनर पाथुम निसंकालाई ७ रनमा डेविड वार्नरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि चरिथ असालंका र कुशल परेराले ६३ रनको साझेदारी गरेपछि श्रीलंका सम्हाल्लिदै राम्रो योगफलको सम्भावना देखाएका थिए ।

स्पिनर एडम जाम्पाले दशौं ओभरको चौथो बलमा असालंकालाई स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलियाले खेलमा पूनरागमन गरेको थियो । लगत्तै अर्को ओभरमा स्टार्कले कुशललाई बोल्ड आउट गरे । १२ औं ओभरको पाँचौं बलमा जाम्पाले अविष्का फर्नान्डोलाई ४ रनमा स्मिथबाट क्याच आउट गराए ।

१३ औं ओभरको दोस्रो बलमा वानिन्दु हसरंगालाई ४ रनमा क्याच आउट गराएपछि श्रीलंका ९४–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका कप्तान दासुन शनकाले १२ र चामिका करुणारत्नेले ९ रन बनाए । स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । अव अष्ट्रेलियाले शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

२ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । बंगलादेश २ खेलमा अंक बिहीन हुँदै पाँचौं र समान खेल र नतिजाको साथ वेस्टइन्डिज पुछारमा छन् ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.