default_image

2 years ago

October 29, 2021

गैरजिम्मेवार ब्याटिङले समस्यामा वेस्टइन्डिज

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा आज वेस्टइन्डिजले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने […]

33 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा आज वेस्टइन्डिजले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको अघिल्लो चरण अनौपचारिक रुपमा समाप्त हुने देखिन्छ । सुरुवाती दुई खेलमा लगातार हारले सेमिफाइनल सम्भावना निकै कठिन बनेको छ । दुबै टोलीलाई बाँकी खेलको तीन खेलमा लगातार जितले मात्र पुग्दैन अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर हुनुपर्छ ।

उपाधिको दावेदार तथा टि२० ब्याटरको बाहुल्यता भएको वेस्टइन्डिजको सुरुवात सम्झन लायक छैन । टि२० विशेष ब्याटरको बाहुल्यता र गहिराई भएपनि मैदानमा प्रदर्शन निकै कमजोर छ । पहिलो खेलमा वेस्टइन्डिज इंग्ल्यान्डसँग ५५ रनमा अल आउट भएको थियो । खराब ब्याटिङका साथ आफ्नो टि२० इतिहासमै पहिलो पटक इंग्ल्यान्डसँग ६ विकेटले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ८ विकेटले हराएको थियो ।

वेस्टइन्डिजको प्लेइङ ११ मध्य ९ नम्बर सम्म राम्रो ब्याटिङ लाइअपछ । ती सबै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् । तर मैदानमा प्रदर्शन भने कमजोर छ । त्यसको मुख्य कारण गैर जिम्मेवारीपन र खराब सट छनोट हो । इंग्ल्यान्डसँग खेलमा वेस्टइन्डिजबाट क्रिस गेलले सर्वाधिक १३ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेका थिएनन् ।

दक्षिण अफ्रिकाविरुद्ध इविन लेविसले ३५ बलमा ३ चौका र ६ छक्का सहित ५६ रनको इनिङ खेलेका थिए । अर्का ओपनर लेन्डन सिमन्सले ३५ बलमा १६ रन बनाएका थिए । सिमन्सलाई आजको खेलमा बेन्चमा राख्ने लगभग पक्कानै छ । सिमन्सको स्थानमा आन्द्रे फ्लेचरलाई ओपनिङ गराउने सम्भावना देखिन्छ । विशेष गरि मध्यक्रमका ब्याटरलाई जिम्मेवारी लिएर खेल्न आवश्यक देखिन्छ । टि२० क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेल, युवा ब्याटर शिम्रन हेटमायर, विकेटकिपर निकोलस पुरन चल्न नसक्नु वेस्टइन्डिजलाई चिन्ताको विषय हो ।

गेल, पुरन र हेटमायरबाट वेस्टइन्डिज उत्कृष्ट प्रदर्शन चाहन्छ । कप्तान काइरन पोलार्ड र आन्द्रे रसेल आफ्नो शैलीको विष्फोटक ब्याटिङ खेल्न आवश्यक छ । पोलार्ड र रसेल प्रमुख हतियार हुन् । यी दुई ब्याटरको विष्फोटक ब्याटिङ बिना वेस्टइन्डिजलाई जितको सम्भावना देखिदैन । यी दुई ब्याटरले एकै ओभरमा खेललाई मोड्न सक्छन् । तल्लोक्रममा ड्वेन ब्राभो र जेसन होल्डर पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

Shimron Hetmyer

वेस्टइन्डिजले तीव्र गतिका बलर रवि रामपाउलको स्थानमा जेसन होल्डरलाई मौका दिने सम्भावना छ । तीव्र गतिका बलर आबेद म्याककोय घाइते भएपछि वेस्टइन्डिजले होल्डरलाई टोलीमा समेटेको छ । होल्डर टोलीमा आउँदा तीव्र गतिको युनिट बलिङ साथै ब्याटिङ मजबुत हुनेछ । उनी टोलीमा रहँदा ९ नम्बर सम्म ब्याटिङ रहनेछ । स्निपरमा अकिल हुसैन र हेडेन वाल्श जुनियर रहनेछन् । विशेष गरि वेस्टइन्डिजका ब्याटरलाई जिम्म्ेवारीका साथ उत्कृष्ट प्रदर्शन गुर्नपर्ने हुन्छ ।

वेस्टइन्डिजले बंगलादेशपछि अष्ट्रेलिया र श्रीलंकासँग खेल्नेछ । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड र अष्ट्रेलिया सुरुवाती दुई खेलमा दुईमानै जितका साथ क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् । जसले गर्दा बाँकी सबै खेल वेस्टइन्डिजले जितेको खण्डमा ६ अंक मात्र हुनेछ । वेस्टइन्डिजको नेटरनरेट माइनस २.५५० को छ । इंग्ल्यान्ड र अष्ट्रेलियाले बाँकी ३ मध्य २–२ मा जित निकालेपनि ८–८ अंकका साथ सेमिफाइनलमा पुग्न सक्छन् ।

अष्ट्रेलियाले इंग्ल्यान्डसँगमा हारेमा र वेस्टइन्डिजले अष्ट्रेलियालाई हराउन सकेको खण्डमा नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्न सक्छ । तर विशाल जित चाहिन्छ । सुरुवाती खराब ब्याटिङ र गैरजिम्मेवारीले साविक विजेता तथा दुई पटकको च्याम्पियन वेस्टइन्डिज ठूलो समस्यामा छ । वेस्टइन्डिजको सेमिफाइनल सम्भावना अंक गणीतिय झिनो सम्भावना मात्र देखिन्छ ।

बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशले आजको खेलमा ओपनर लिटन दासको स्थानमा सौम्य सरकार र अफिफ हुसैनको ठाउँमा शमिम हुसैनको सम्भावना छ । ओेपनर मोहम्मद नईम, सकिब अल हसन र मुश्फिकुर रहिम प्रमुख ब्याटर हुन् ।

कप्तान महमुदूल्लाह रियाद राम्रो लयमा छन् । तीव्र गतिका बलर मुश्ताफिजुर रहमान र स्पिनर सकिब अल हसन टोलीका मुख्य हतियार हुन् । यी दुई बलरको उच्च प्रदर्शन बिना बंगलादेशलाई जित सहज देखिदैन । आजको दोस्रो खेलमा सुपर १२ को समूह बी को खेलमा अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।


हेड टु हेड :

वेस्टइन्डिज र बंगलादेशबीच कुल १२ टि२० आई खेल भएका छन् । वेस्टइन्डिज ६ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । १ खेलको नतिजा बिहीन छ । वेस्टइन्डिजसँगको पछिल्ला पाँच टि२० आई खेलमा बंगलादेशले ३ खेलमा जित र २ मा हार बेहोरेको छ । टि२० विश्वकपमा यी दुई टोलीबीच मात्र २ खेल भएको छ । २००७ को विश्वकपमा बंगलादेश ६ विकेटले विजयी हुँदा २०१४ मा वेस्टइन्डिज ७३ रनले विजयी भएको थियो ।

बंगलादेशको टोली :

महमुदूल्लाह रियाद (कप्तान), सौम्य सरकार, शमिम हसैन, तस्किन अहमद, रुबेल हसन, सकिब अल हसन, मुश्फिकुर रहिम, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, नुरुल हसन (विकेटकिपर), मुस्ताफिजुर रहमान, माहेदी हसन, शोरिफुल इस्लाम, नासुम अहमद ।

वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), अकिल हुसैन, ड्बेन ब्राभो, रोश्टन चेश, आन्द्रे फ्लेचर, क्रिस गेल, शिम्रन हेटमायर, इभिन लेविस, जेसन होल्डर, रवि रामपाउल, आन्द्रे रसेल, लेन्डन सिमन्स, ओशान थोमस र हेडन वाल्श जुनियर ।

अंक तालिका

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । बंगलादेश २ खेलमा अंक बिहीन हुँदै पाँचौं र समान खेल र नतिजाको साथ वेस्टइन्डिज पुछारमा छन् ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.