4 years ago
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको पाकिस्तानको सेमिफाइनल सम्भावना बलियो छ । यता पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराएको अफगानिस्तानको मनोबल उच्च छ । अफगानिस्तान उत्कृष्ट स्पिन आक्रामणको सहयोगमा पाकिस्तानलाई स्तब्ध पार्ने सोचमा छ ।
अफगानिस्तानको मुख्य हतियार स्पिनर राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी हुन् । यी तीन विश्वस्तरिय स्पिनर आफ्नो उत्कृष्ट प्रदर्शनमा पाकिस्तानलाई हराउन चाहन्छन् । स्कटल्यान्डविरुद्ध मुजिबले ५ र राशिदले ४ विकेट लिएका थिए । यी तीन बलरको प्रदर्शनको निकै महत्वपूर्ण हुनेछ । अफगानिस्तानको शीर्षक्रम ब्याटिङ भने मजबुत छ । हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद, रमानउल्लाह गुर्बाज र नाजिबुल्लाह जद्रान शीर्षक्रमका चार ब्याटर हुन् । वार्मअप र पहिलो खेलमा यी चारै ब्याटरले राम्रो प्रदर्शन गरेका थिए ।

यता पाकिस्तान अफगानिस्तानमाथि सहज जितका साथ लगातार तेस्रो जित निकाल्ने सोचमा छ । ओपनर बाबर आजम र मोहम्मद रिजवान प्रमुख हतियार हुन् । उच्च लयमा रहेका यी दुई ओपनरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । भारतलाई १० विकेटले हराउन रिजवानले ७९ र बाबरले ६८ रनको इनिङ खेलेका थिए । दुबै जितमा पाकिस्तानका फरक खेलाडीको प्रदर्शन उच्च छ ।
पहिलो खेलमा भारतलाई हराउन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले प्रमुख तीन विकेट लिएका थिए । न्युजिल्यान्डलाई हराउन हरिस रौफले ४ विकेट लिएका थिए । ब्याटिङमा न्युजिल्यान्डलाई हराउन शोएब मलिक र आसिफ अलीले राम्रो अन्त्य गरेका थिए । त्यसैले पाकिस्तानको मनोबल थप उच्च छ । तीव्र गतिका बलर हसन अली, अफ्रिदी र रौफको बलिङ आक्रामणमा अफगानिस्तान सस्तैमा समेटिन सक्छ । स्पिनर शादब खानले लगातार कसिलो बलिङ गर्दै आएका छन् ।

कागजी रुपमा पाकिस्तान धेरै मजबुत टोली हो । तर अफगानिस्तान स्पिन आक्रामणको भरपूर्ण फाइदा उठाउन चाहन्छ । पाकिस्तानले दुबै खेलमा सानदार प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । अफगानिस्तानले पनि स्कटल्यान्डविरुद्ध उच्च प्रदर्शन गरेको हुँदा टोली परिवर्तनको सम्भावना देखिदैन ।
हेड टु हेड :
पाकिस्तान र अफगानिस्तानबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । सन् २०१३ मा भएको एक मात्र टि२० आई खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।
अफगानिस्तानको टोली :
हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), अस्गर अफगान, गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक,मुजिब उर रहमान, हश्मतुल्लाह शाहिदी, उस्मान घानी, फ्रिद अहमद र हामिद हसन ।
पाकिस्तानको विश्वकप टोली :
बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, शरफराज अहमद, हरिस रौफ, हसन अली, ईमाद वासिम, हैदर अली, मोहम्मद हफिज, फखर जमान, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र शोएब मलिक ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]