default_image

4 years ago

October 29, 2021

पुरनले बचाए वेस्टइन्डिजको साख

164 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशलाई १ सय ४३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो ।

वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले २२ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टि२० आईमा डेब्यू गरेका रोस्टन चेशले ४६ बलमा २ चौका सहित ३९ रन जोडेका थिए ।

तीव्र गतिका बलर मुश्ताफिजुर रहमान इविन लेविसलाई ६ रनमा मुश्फिकुर रहिमबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । माहेदी हसनले पाँचौं ओभरको दोस्रो बलमा अनुभवी ब्याटर क्रिस गेललाई ४ रनमा बोल्ड आउट गरे । माहेदी हसनलेनै सातौं ओभरको चौथो बलमा शिम्रन हेटमायरलाई ९ रनमा सौम्य सरकारबाट क्याच गराउँदै वेस्टइन्डिजलाई ३२–३ को कमजोर अवस्थामा पुर्याएका थिए । १३ औं ओभरमा तेस्रो बलमा आन्द्रे रसेल दुर्भाग्यपूर्ण कुनै बल नखेली रन आउट भए । तस्किन अहमदको बलमा रोश्टन चेशले प्रहार गरेको सट नन स्ट्राइकको स्टम्पमा लागेपछि रसेल रन आउट भएका थिए ।

१३ औं ओभरमा पूरन ब्याटिङमा आउँदा वेस्टइन्डिज १३ ओभरमा ६३–४ को कमजोर अवस्थामा छ । पूरनले विष्फोटक ब्याटिङका साथ अन्त्यतिर इनिङ उकासेका थिए । जेसन होल्डर ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे । काइरन पोलार्ड १८ बलमा १ छक्का सहित १४ रनमा अविजित रहे ।

सुरुवाती १४ ओभरमा ७०–४ को अवस्थामा रहेको वेस्टइन्डिजले अन्तिम ६ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएपछि मध्यम योगफलमा पुगेको हो ।

माहेदी हसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । शोरिफुल ईस्लाम ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.