default_image

4 years ago

October 29, 2021

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

140 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् ।

पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको पाकिस्तानको सेमिफाइनल सम्भावना बलियो छ । यता पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराएको अफगानिस्तानको मनोबल उच्च छ । अफगानिस्तान उत्कृष्ट स्पिन आक्रामणको सहयोगमा पाकिस्तानलाई स्तब्ध पार्ने सोचमा छ ।

हेड टु हेड :

पाकिस्तान र अफगानिस्तानबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । सन् २०१३ मा भएको एक मात्र टि२० आई खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।

अफगानिस्तानको प्लेइङ ११ :

हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), नविन उल हक, करिम जन्नत, गुलबदीन नाबी, रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), गुलबदीन नाबी, राशिद खान र मुजिब उर रहमान ।

पाकिस्तानको प्लेइङ ११ :


बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, हरिस रौफ, हसन अली, ईमाद वासिम, मोहम्मद हफिज, फखर जमान, मोहम्मद रिजवान (विकेटकिपर), शाहिन शाह अफ्रिदी र शोएब मलिक ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.