4 years ago
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा साविक विजेता वेस्टइन्डिजले बंगलादेशमाथि ३ रनको रोमान्चक जित हात पारेको छ । यो लगातार तेस्रो हारसँगै बंगलादेशको सुपर १२ मा समूह ए बाट शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ । वेस्टइन्डिजले महत्वपूर्ण २ अंक जोड्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ४३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाउन सक्यो । बंगलादेशका लिटन दासले ४३ बलमा ४ चौका सहित सर्वाधिक ४४ रन बनाए । कप्तान महमूदुल्लाह रियाद २४ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा अविजित रहे ।
बंगलादेशलाई अन्तिम १२ बलमा २२ रन चाहिँएको थियो । तर अनुभवी बलर ड्वेन ब्राभोले १९ औं ओभरमा ९ रन खर्चेर १ विकेट लिएपछि खेल रोचक बनेको थियो । ब्राभोलाई पहिलो बलमै महमूदुल्लाहले छक्का प्रहार गरेपनि त्यसपछि ब्राभोले राम्रो पूनरागमन गरेका थिए ।
अन्तिम ६ बलमा बंगलादेशलाई १३ रन चाहिँएको थियो । आन्द्रे रसेलले ९ रन दिँदै वेस्टइन्डिजको जित पक्का गराए । पहिलो बलमा अफिफ हुसैनले २ रन बटुले । दोस्रो बलमा लेग वाईको रुपमा एक रन लिए । तेस्रो र चौथो बलमा रसेलले २-२ रन दिए । चौथो बलमा डीप स्क्वायरमा आन्द्रे फ्लेचरले क्याच छोडेका थिए । पाँचौं बलमा दुई रन लिएपछि अन्तिम बलमा ४ रन चाहिँएको थियो । तर रसेलले डट राख्दै जित पक्का गराए ।
बंगलादेशका ओपनर मोहम्मद नईम १७, सकिब अल हसन ९ र मुश्फिकुर रहिम ८ रनमा आउट भए । सौम्य सरकार १७ रनमा आउट भए । वेस्टइन्डिजका रवि रामपाउल, ड्वेन ब्राभो, अकिल हुसैन, आन्द्रे रसेल र जेसन होल्डरले १–१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले २२ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टि२० आईमा डेब्यू गरेका रोस्टन चेशले ४६ बलमा २ चौका सहित ३९ रन जोडेका थिए ।
तीव्र गतिका बलर मुश्ताफिजुर रहमान इविन लेविसलाई ६ रनमा मुश्फिकुर रहिमबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । माहेदी हसनले पाँचौं ओभरको दोस्रो बलमा अनुभवी ब्याटर क्रिस गेललाई ४ रनमा बोल्ड आउट गरे । माहेदी हसनलेनै सातौं ओभरको चौथो बलमा शिम्रन हेटमायरलाई ९ रनमा सौम्य सरकारबाट क्याच गराउँदै वेस्टइन्डिजलाई ३२–३ को कमजोर अवस्थामा पुर्याएका थिए । १३ औं ओभरमा तेस्रो बलमा आन्द्रे रसेल दुर्भाग्यपूर्ण कुनै बल नखेली रन आउट भए । तस्किन अहमदको बलमा रोश्टन चेशले प्रहार गरेको सट नन स्ट्राइकको स्टम्पमा लागेपछि रसेल रन आउट भएका थिए ।

१३ औं ओभरमा पूरन ब्याटिङमा आउँदा वेस्टइन्डिज १३ ओभरमा ६३–४ को कमजोर अवस्थामा छ । पूरनले विष्फोटक ब्याटिङका साथ अन्त्यतिर इनिङ उकासेका थिए । जेसन होल्डर ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे । काइरन पोलार्ड १८ बलमा १ छक्का सहित १४ रनमा अविजित रहे ।
सुरुवाती १४ ओभरमा ७०–४ को अवस्थामा रहेको वेस्टइन्डिजले अन्तिम ६ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएपछि मध्यम योगफलमा पुगेको हो । माहेदी हसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । शोरिफुल ईस्लाम ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।
वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो । वेस्टइन्डिजले अव बिहीबार श्रीलंकासँग खेल्नेछ । बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन पुगेको थियो । अव बंगलादेशले मंगलबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।
अंक तालिका
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]