default_image

4 years ago

October 29, 2021

पाकिस्तानलाई अफगानिस्तानको मध्यम लक्ष्य

130 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा पाकिस्तानलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।

अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३२ बलमा ५ चौका सहित ३५ रनमा अविजित रहे । गुलबदीन नईब २५ बलमा ४ चौका र १ छक्का प्रहा सहित ३५ रनमा अविजित रहे । एक समय १२.५ ओभरमा ७६-६ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई सातौं विकेटका लागि गुलबदीन नईब र कप्तान मोहम्मद नाबीले ४५ बलमा ७१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि मध्यम योगफलमा पुर्याएका थिए ।

स्पिनर ईमाद वासिमले दोस्रो ओभरको तेस्रो बलमा ओपनर हज्रातल्लाह जजाईलाई हरिस रौफबाट शून्यमा क्याच गराउँदै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले तेस्रो ओभरको चौथो बलमा मोहम्मद शाहजादलाई ८ रनमा बाबर आजमबाट क्याच गराएका थिए । अस्गर अफगान पाँचौं ओभरको तेस्रो बलमा १० रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

छैटौं ओभरको पहिलो बलमा हसन अलीले रहमानउल्लाह गुर्बाजलाई १० रनमा बाबरबाट क्याच गराएपछि अफगानिस्तान ३९–४ को अवस्थामा पुगेको थियो । करिज जन्नत १५ र नाजिबुल्लाह जद्रान २२ रनमा आउट भएका थिए । जद्रानले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.