default_image

4 years ago

October 30, 2021

नेपाली महिला टोलीले पहिलो पटक टि२० आई सिरिज खेल्ने

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक टि२० आई सिरिज खेल्ने भएको छ । अर्को महिना संयुक्त अरव इमिरेट्स (युएई) मा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको तयारीको लागि नेपाली महिला टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्ने छ । नेपाली महिला टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यसअघि यस प्रतियोगिता मलेसियामा हुने भनिएपनि युएईमा हुने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदलाई जानकारी दिए । नेपाली महिला टोली कार्तिक २८ गते (१४ नोभेम्बर) मा कतारतर्फ प्रस्थान गर्नेछ । प्रशान्तका अनुसार महिला टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक टि२० आई खेल सन् २०१८ मा थाईल्यान्ड वुमन्स साम्समा चीनविरुद्ध खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल सहित, थाईल्यान्ड, भुटान, इन्डोनिसिया, युएई, चीन, मलेसिया, हङकङ र म्यानमारको सहभागीता थियो । नेपाल फाइनलमा थाईल्यान्डसँग ७० रनले पराजित भएको थियो ।

फेब्रुअरीमा थाईल्यान्डमा भएको आइसिसी वुमन्स टि२० विश्वकप एसिया रिजन छनोटमा थाईल्यान्डसँग ५७ रनले पराजित हुँदै विश्वकप छनोट खेल्नबाट बन्चित बनेको थियो । थाईल्यान्डले ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शनका साथ विश्वकपमा स्थान बनाउँदै दमदार प्रदर्शन गरेको थियो । अन्तिम पटक नेपालले २०१९ डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पोखरामा खेलेको थियो ।

२०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले २०२२ मा हुने ग्लोबल छनोटमा स्थान बनाउन एसिया छनोट खेल्ने छ । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुनेछ । विजेता टोलीले २०२२ हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् । हरेक क्षेत्रबाट १–१ विजेता टोली गरि पाँच टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले एसिया छनोट खेल्ने अन्तिम नेपाली टोली पनि घोषणा गरि सकेको छ ।

नेपाली महिला टोली :

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.