4 years ago
October 30, 2021
एजेन्सी – अफगानिस्तानका स्पिनर राशिद खानले टि२० आई क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा शुक्रबार राती पाकिस्तानसँगको खेलमा राशिदले टि२० आई खेलमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाएका छन् ।

राशिदले मात्र ५३ इनिङमा टि२० आईमा १ सय विकेट पूरा गरेका छन् । राशिदले श्रीलंका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गाको ७६ खेलको कीर्तिमान तोडेका छन् । १५ औं ओभरको पहिलो बलमा मोहम्मद हफिजलाई गुलबदीन नईबबाट १० रनमा क्याच गराउँदै राशिदले यस सफलता हात पारेका थिए । राशिद टि२० आईमा एक सय विकेट लिने चौथो खेलाडी हुन् । मलिङ्गा, राशिद, बंगलादेशका स्पिनर सकिब अल हसन र न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले टि२० आईमा १ सय विकेट लिएका छन् ।
टि२० आईमा सकिब अल हसन ९४ खेलमा १ सय १७ विकेटका साथ शीर्ष स्थानमा छन् । टि२० आईमा एक सय विकेट लिने पहिलो बलर मलिङ्गा दोस्रो स्थानमा छन् । मलिङ्गाले ८४ खेलमा १ सय ७ विकेट लिएका छन् । राशिदले १ सय १ र टिम साउथीले ८४ खेलमा १ सय विकेट लिएका छन् ।
अफगानिस्तानका राशिद खान ओडिआई क्रिकेटमा पनि सर्वाधिक छिटो १ सय विकेट लिने बलर हुन् । राशिदले ओडिआईमा ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । बाबर आजमको ५१ र आसिफ अलीको २५ रनको अविजित इनिङ खेलेका थिए । आसिफले १९ औं ओभरमा करिम जन्नतलाई चार छक्का प्रहार गर्दै जित दिलाएका थिए । राशिदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । मोहम्मद नाबी र गुलबदीन नईब ३५–३५ रनमा अविजित थिए । अफगानिस्तान सुपर १२ को समूह २ मा २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अफगानिस्तानले अव आइतबार नामिबियासँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]