4 years ago
October 30, 2021
एजेन्सी– आइसिसी टि२० विश्वकप २०२१ मा आज पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

सुपर १२ को समूह १ मा रहेको दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो । श्रीलंकाले पहिलो चरणको समूह ए को विजेता रुपमा सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । तर दोस्रो खेलमा श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले हराएको थियो ।
दक्षिण अफ्रिकाले पछिल्लो खेलमा सानदार प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिका जितमा रास्सी भान डर डुसेन ४३ र एडेन माक्ररमा ५१ रनमा अविजित रहेका थिए । युवा ब्याटर माक्ररमले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । उनको लयलाई रोक्न श्रीलंका बलरलाई कठिन पर्नसक्छ । ओपनर क्विन्टन डी कक टोलीमा फर्किने सम्भावना छ ।

उनी फर्किएको खण्डमा हेनरिक क्लासेन वा रिजा हेन्ड्रिक्स मध्य एकलाई बेन्चमा राख्नेछ । कप्तान टेम्बा बभुमालाई राम्रो प्रदर्शनको दबाब छ । डेविड मिलर फिनिसरको रुपमा छन् । तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया र ड्वेन प्रिट्रियोरियस बलिङ हतियार हुन् । पहिलो खेलमा उच्च प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तनको सम्भावना कम छ ।
श्रीलंकाका भानुका राजपक्षे र चरिथ असलंका उच्च लयमा छन् । यी दुई ब्याटरले पछिल्ला खेलहरुलाई लगातर उच्च प्रदर्शन गर्दै आएक छन् । दक्षिण अफ्रिकी बलरलाई केहि कठिन पर्नसक्छ । कुशल परेरा पछिल्लो खेलमा लयमा फर्किएको संकेत दिएका थिए । श्रीलंका मध्यक्रम केहि कमजोर छ । मध्यक्रमका ब्याटरलाई उच्च प्रदर्शनको आवश्यक देखिन्छ । स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर दुश्मन्था चामिरा प्रमुख बलिङ हतियार हुन् । श्रीलंकाले पनि टोलीमा परिवर्तन गर्नेसम्भावना कम छ ।

हेड टु हेड :
टि२० विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकबीच तीन खेल भएको छ । जसमा दक्षिण अफ्रिक २ खेलमा जित र १ मा पराजित भएको छ । २०१६ मा दक्षिण अफ्रिकाले श्रीलंकलाई ८ विकेटले पराजित गरेको थियो । २०१४ को विश्वकपमा श्रीलंका ५ रनले विजयी हुँदा २०१२ मा दक्षिण अफ्रिका ३२ रनले विजयी भएको थियो ।
श्रीलंका र दक्षिण अफ्रिकाबीच कुल १६ टि२० आई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका १० खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा दक्षिण अफ्रिकाले श्रीलंकसँग हारेको छैन ।
श्रीलंका टोली :
दासुन शनका (कप्तान), धनन्जय डि सिल्भा, कुसल पेरेरा, दीनेश चान्डिमल, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, बिनुरा फर्नान्डो, चामिका करुणारत्ने, लाहिरु कुमारा, दुश्मन्था चामिरा, पाथुम निसंका, अकिला धनन्जय र महेश थेक्शेना ।
दक्षिण अफ्रिका टोली : टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, ब्योर्जन फोच्र्युन, रिजा हेनड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, वुयान मुल्डर, लुन्गी एनगिडी, एनरिच नोर्किया, डवेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]